शनिबार, पौष ६, २०८१
/
टीकापुर महोत्सव हुने
४ पौष २०८१
  हेमलम्व माण्डव्य
पौष महीनाको २५ गतेदेखी टीकापुर महोत्सव २०८१ सञ्चालनमा आउने भएको छ । आज टीकापुर उद्योग बाणीज्य संघको कार्यालयमा भएको पत्रकार सम्मेलनमा पौष २५ गते देखी माघ महीनाको ६ गतेसम्म महोत्सव सञ्चालन गरीने आयोजकले जनाएको छ । 
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार टीकापुर महोत्सवको उद्घाटन संस्कृती तथा नागरीक उड्यन मन्त्री बद्री पाण्डेले गर्ने वताइएको छ । महोत्सवमा स्थानिय कलाकार तथा मिडीयालाई विशेष प्राथमीकतामा राखेर अगाडी बढीने समेत जनाइएको छ । 
महोत्सवमा २०० स्टल रहनेछन भने त्यसमा १२७ स्टल मञ्च बाहीरी घेरामा रहनेछन् भने महोत्सवको अगाडी २६ होटेल, थारुगाउँ भीत्र २० होटेल, अटोमोवाइल्सकालागी १४ स्टल र मोटरसाइकल तथा ट्याक्टरहरकालागी ९ वटा स्टल रहने जनाइएको छ । महोत्सवमा अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानिय खेलाडी तथा कलाकारहरुको उपस्थितीका सार्थ सम्मान समेत गरीने कार्यक्रम समेत रहेको जनाइएको छ । 
पत्रकार सम्मेलनमा टीकापुर महोत्सव २०८१ लाई भव्य रुपमा सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरीदिन उद्योग बाणीज्य संघले आव्हान समेत गरेको छ ।
महोत्सव सचिवालय समिति संयोजक सन्तोष खडकाको अध्यक्षतामा गरीएको पत्रकार  सम्मेलनमा स्वागत उद्योग बाणीज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाले गरेका थिए भने सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल