सोमबार, मंसिर २३, २०८२
/
सन्त निरंकारीका नेपाल प्रमुखको जन्मदिन मनाईयो
१२ मसिर २०८२
  हेमन्त माण्डव्य
कैलाली जिल्लाको टीकापुरमा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा प्रमुख नरबहादुर रावलको शुक्रबार ७७औं बर्षगाँठको अवसरमा जन्मदिन मनाइएको छ ।
कैलाली जिल्लाको टीकापुरमा रहेको मण्डलको सतसंगत भवनमा जन्म दिवस मनाईएको हो ।
जन्मदिनको अवसरमा संत निरंकारी मण्डल नेपालका अध्यक्ष तथा प्रमुख नरबहादुर रावलले ७७ बर्ष पुगेर ७८औं बर्षमा प्रवेश गर्नुभएको कुरा स्वयम् वताउनु भएको छ ।
बिक्रम सम्वत २००५ सालमा अछाम जिल्लाको मंगलसैन नगरपालिका वडा नं १० जुपुमा बुवा काँसी रावल र आमा चम्पादेवी रावल को संतानका रुपमा जन्मनु भएका रावल आजबाट ७८औं वर्षमा लाग्नु भएको छ ।
रावलले तत्कालिन अवस्थामा रहेको टीकापुर बिकास समितीको अधिकृत जस्तो गरिमामय जिम्मेवारीलाई कुशलता पुर्वक निर्वाह गर्दै सफल प्रशाशकको रुपमा रहदै आउनु भएको थियो भने बिक्रम सम्वत २० ४३ साल देखी निरन्तर रुपमा सन्त निरंकारी मण्डल नेपालको अध्यक्ष तथा मण्डलको नेपाल प्रभारीको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । रावलले निरंकारी मण्डलको अध्यक्ष तथा नेपाल प्रभारीको रुपमा कार्यगर्दै गर्दा मिसनका बाह्य तथा आन्तरिक कार्यहरुलाई सफल रुपमा निर्वाह गर्दै मण्डललाई नेपालका कुनाकन्दहरामा स्थापित गर्न अह्म भुमिका खेलिरहेको कुरा निरंकारी मिसनका अनुयायीहरुले वताउने गर्दछन ।
प्रमुख रावलको जन्मदिनका अवसरमा पत्रकार हेमन्त माण्डव्य निरंकारी सेवादल सञ्चालक बजिर सिंह सार्की, सेवादल शिक्षक भवानसिंह बिक, देबु रावल, अनिल रावल, निरंकारी सेवादल नेपाल सञ्चालक नर बहादुर बटाला, भगवती टमट्टा, प्रसन्न बटाला लगायतले भजन तथा प्रवचनको माध्यमबाट सुस्वास्थ्य तथा दिर्घायुको शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रममा प्रमुख नर बहादुर रावलले आफ्नो जन्दिनको अवसरमा उपस्थित भइ सुस्वास्थ्य तथा दिर्घायुको शुभकामना दिने सबैलाई हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो भने आजै आफ्ना कान्छा भाई मोहन रावल र नाति पर्वत रावलको समेत जन्मदिन परेको समेत जानकारी गराएका थिए ।
उक्त कार्यक्रमलाई इन्द्र सिंहले सञ्चालन गरेका थिए भने टीकापुर संतसंगत भवनका मुखी महादेव भण्डारीको अध्यक्षतामा सतसंगत कार्यक्रम भएको थियो ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल