आईतवार, मंसिर २२, २०८२
/
वर्दियामा गरियो सन्त निरंकारी सतसंगत भवनको उद्घाटन
१८ मसिर २०८२
  माण्डव्य हेमन्त
आज लुम्बिनी प्रदेशको वर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं ८ को भिम्मापुर-पुरैना गाउँमा नव निर्मित सन्त निरंकारी भवनको उद्घाटन गरिएको छ ।
उक्त भवनको उद्घाटन सन्त निरंकारी मण्डलका अध्यक्ष तथा प्रभारी नरबहादुर रावलले गर्नु भएको छ ।
उद्घाटन पश्चात् उक्त भवनमा नेपाल प्रभारी रावल ज्युको अध्यक्षतामा  सतसंगत कार्यक्रम गरिएको छ । उक्त सतसंगत कार्यक्रममा राजापुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष, राजेश चौधरी, वडा सदस्य द्वय कृष्णा ढुंगाना, राधा भुल, समाजसेवीहरु शिवप्रसाद कोइराला, रणचन्द चौलागाई, ओमसान्तीका प्रतिनिधि द्वय राम प्रसाद र तुलसी थारु विशिष्ठ अथितीका रुपमा रहेका थिए । उहाँहरु सबैलाई सन्त निरंकारी सतसंगत भवनको तर्फबाट सम्मान गरिएको छ ।
निरंकारी भवन उद्घाटन समारोहमा गरिएको सतसंगत कार्यक्रममा वडा अध्यक्ष राजेश चौधरीले भने, आफुलाई आज यो कार्यक्रममा आउदा गर्वको अनुभुती भइरहेको छ, किनभने आज विश्वमा मानिसले मानिसको भुणलाई समेत आफ्नो आहारा बनाईरहेको अवस्थामा निरंकारी मण्डलले विश्व बन्धुत्वको माध्यमबाट समानताको पाठ सिकाई रहेको पाए, यश मण्डलले जातीभातीको पराकाष्ठालाई अन्त्य गर्दै भाईचारालाई उजगार गरिरहेका पाउँदा आफु हर्ष विभोर भएको महसुश भइरहेको छ । अध्यक्ष चौधरीले भने निराकार परब्रह्मले नै हामी सबैलाई चलाईरहेको र हामीलाई कर्म गराई रहेको अवस्थामा स्थानिय जनताहरुले दिएको जिम्मेवारी वडा अध्यक्षको हैसियमा रहेर वडाबाट यो सतसंगत भवन, ट्वाइलेट, माटो फिलिङ्गकालागी आवश्यक रकमको बिनिजित गरेर यहाँसम्म पुर्याइएको र आगामी दिनमापनी वडाबाट यश भवनकालागी घेरबार र अन्य आवश्यक कार्यकोलागी रकम बिनियोजित गर्ने कुराको प्रतिवद्धता जनाएका छन् ।
त्यसैगरी समाजसेवी शिवप्रसाद कोइरालाले आफ्ना धारणा राख्ने क्रममा भने, यश संत निरंकारी सतसंगत कार्यक्रमलाई प्रत्यक्ष रुपमा देख्न पाउँदा र यहाँको व्यवस्थापन तथा भावनालाई महसुश गर्दा आफ्नो जिवनलाई सदाकोलागी सतसंगतमा सपर्ण गरिदिउ कि भन्ने लागेर आएको वताए । उनले भने सन्त निरंकारी मण्डलले खुला प्रचारप्रसारको माध्यमबाट आम समाजमा यसको वास्तविकतालाई उजगार गर्न सक्ने हो भने समाजमा हुने गरेको बिकृती र विसंगतीलाई निरुत्साहित गरेर सभ्य समाजको स्थापना गर्न सकिने थियो ।
निरंकारी सतसंगत भवन उद्घाटनका अवसरमा गरिएको सतसंगत कार्यक्रममा उक्त भवनका मुखी लोकराज जैशीले भने, यो भवनको निर्माण सम्पन्नतामा हालसम्म १० लाख रुपैयाँ खर्च भइसकेको छ, जसमा ३ लाख ५० हजार राजापुर नगरपालीका वडा नं ८ बाट प्राप्त भएको थियो भने सन्त निरंकारी  मण्डल टिकापुरको तर्फबाट ३ लाख र स्थानिय निरंकारी अनुयायिहरुबाट ३ लाख ५० हजार गरि १० लाख उपलब्धता भएको थियो ।
जैशीले भने यो भवनको घेरबार र माटो फिलिङ्कालागी अझै लाखौं रुपैयाको आवश्यक भएकाले सहयोग दाताहरुको खोजी भइरहेको छ । आगामी दिनहरुमा ती सहयोगी मनहरुलाई खोजिगरी बाँकिरहेको कार्यसमेत सम्पन्न गर्ने लक्ष्य लिएको कुरा जानकारी गराएका थिए ।
त्यसैगरी सतसंगत कार्यक्रममा टीकापुर सतसंगत भवनका मुखी महादेव भण्डारी, सन्त निरंकारी मण्डल नेपालका सचिव श्रीराम काफ्ले, भिम्मापुर सतसंगत भवनका मुखी लोकराज जोशी, लाल सिंह, मोहन सिंह, इन्द्र सिंह, नैन सिंह, राजन रेग्मी, गंगा, चम्फा, ललीता, लक्ष्मी, मनु, राधा लगायतका निरंकारी अनुयायीहरुले भजन तथा धार्मिक प्रवचनबाट आ-आफ्ना धारणाहरुलाई राखेका थिए ।
उक्त भवन उद्घान कार्यक्रममा कैलाली जिल्लाका भजनी नगरपालिका टीकापुर नगरपालिका तथा वर्दिया जिल्लाका मधुवन नगरपालीका, गुलरीया नगरपालिका र राजापुर नगरपालिका अन्तरगतका क्षेत्रहरुबाट सयौंको संख्यामा निरंकारी मण्डलका अनुयायिहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रम सन्त निरंकारी मण्डलका प्रभारी नरबहादुर रावल ज्युको अध्यक्षतामा भएको थियो भने सतसंगत कार्यक्रमको सञ्चालन प्रकाश ठकुल्लाले गरेका थिए ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल