कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं ८ कृष्णनगरमा जालपा बिद्धुत सहकारी संस्थाको ८ औं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष तुलाराम काफ्लेको अध्यक्षमा भएको कार्यक्रममा भजनी नगरपालिकाका कार्यवाहक प्रमुख तथा वडा नं ३ का वडा अध्यक्ष बिक्रम चौधरी प्रमुख अतिथि रहेका थिए ! विशिष्ठ अतिथीमा वडा नं ८ का वडा अध्यक्ष पंकज चौधरी रहेका थिए । त्यसैगरी संस्थाका पुर्व अध्यक्ष हेमन्तराज माण्डव्य, प्रशु लामा, शिवराज जैशी अतिथि रहेका थिए । त्यस्तै गरि वडा नं ८ का सदस्य मिना आउजी, समाजसेवी खडकराज जैसी, भागीराम जैसी लगायत रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बिक्रम चौधरीले यो सहकारि संस्था सबैभन्दा उत्कृष्ठ रहेको देखिएकोले नगरपालिकाबाट आवश्यक सहयोग गर्न सधै तत्पर रहेको वताए
त्यसैगरी विशिष्ठ अतिथी रहेका वडा नं ८ का अध्यक्ष पंकज चौधरीले आफुले ३ लाख रुपैया बजेट यश सहकारीकोलागी छुट्याएको र आगामी दिनमा आवश्यक परेमा अझे बजेट बढाउन सकिने बताए !
पुर्व अध्यक्षको तर्फबाट हेमन्तराज माण्डव्यले आफु अध्यक्ष भएकोबेला एकघर एक व्यापार, मनिट्रन्फर, सुफतमुल्य पसल, मलखाद- नुन बिक्रिबितरण, बचत तथा ऋण, दूध संकलन जस्ता कार्यक्रम ल्याएकोमा उक्त कार्यक्रमले निरन्तरता नपाएकाले आगामी दिनहरुमा ती कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने वताए । माण्डव्यले भने रकम जम्मा आवश्यक कामकालागी गरिन्छ, त्यसैले जम्मा गरिएको रकम उपभोक्ताहरुको स्तरउन्नतीकालागी गर्नुपर्ने वताए ।
सहकारीले चाहेमा नगरपालिकासंग सहकार्य गरेर नयाँ योजना र कार्य गर्नसक्ने भएकाले जमा गरिएको रकमलाई सदुपयोग गरिनुपर्नेमा जोड दिएका थिए । सहकारीसंग रकम जम्मा भएकाले बिद्धुत महशुलमा सब्सिडी दिएर उपभोक्ताहरुलाई राहत प्रदान गरिनुपर्ने समेत बताएका थिए ।
त्यसैगरी समाजसेवी तथा उपभोक्ताहरुकको तर्फबाट खडराज जोशिले सहकारी ले उपभोक्ताहरुलाई सहुलियतमा बिद्धुत बितरण गरिनुपर्ने र चुहावट भइरहेको बिद्धुतलाई रोकथाम गरिनुपर्नेमा सचेत गराएका थिए ।
चुनावी साधारण सभा समेत भएकाले सो साधारण सभाबाट अध्यक्षमा तुलाराम जैशी, उपाध्यक्षमा निमलाल चौधरी, सचिव रन्जित लामा र कोषाध्यक्ष आकृति चौधरी रहेकाछन । त्यसैगरी सदस्यहरुमा नवले कामी, सन्तोष परियार, टीकाराम जैशी रहेकाछन ।
रन्जितलामाले सवागत गरेको कार्यक्रमलाई यज्ञराज जैशिले सन्चालन गरेका थिए भने संस्थाको आयव्यय व्यवस्थापक शुरेन्द्र जैशीले प्रस्तुत गरेका थिए ।