मंगलवार, जेष्ठ ८, २०८१
/
भन्सार छलीको समान सहित गुप्ता पक्राउ
१८ बैशाख २०८१
  अगुवा समाचार
कैलाली जिल्ला प्रहरीले चालिस लाख चार हजार बराबरको अबैध भन्सार छलीको सामान बरामद सहित १ जना भारतिय नागरीकलाई आषिस गुप्तालाई नियन्त्रणमा लिएको आज जनाएको छ ।
भारतको पलिया बजारमा स्थाई घर भएका गुप्ताले धनगढी उप–महानगरपालिका वडा नं. ४ मा हरिओम हार्डवयर एण्ड सप्लायर्सको गोदाम संचालन गरी भारतबाट अबैध रुपमा भन्सार छलीका सामानहरु चोरी पैठारी गरी  बिक्री वितरण गर्दै आएका भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको अपराध अनुसन्धान समुहको प्रहरी टोलीले उक्त समान बरामद गरेको  प्रहरीले जनाएको छ ।
बरामत गरीएका समानहरुमा Concrete mixture machine १ सेट, Disk doll maker set  ७ सेट, Cultivate set ३ सेट, Cultivator catch wheel १ सेट, Pumping set 8th HP complete १ पिस, Dhal knife set ५२ सेट, Rubber strip १६ Harrow tyre 6-00-14 ४ पिस, Auto rickshaw tyre ६६ पिस, Fatta pipe १०० बण्डल, Grease ३० कार्टुन,Engine oil ५ कार्टुन, भारतिय नम्बर यूपी ३१ टी ७७११ नम्बरको ट्रक १ थान रहेकाछन् ।
बरामत गरीएको समान सहित गुप्तालाई आवश्यककार्वाहीकालागी  भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल