मंगलवार, जेष्ठ ८, २०८१
/
पानिमुनि १०० दिन बस्ने लक्ष्य
 २१ जेष्ठ २०८० 
  अगुवा समाचार
पानिमुनि कतिसमय बस्न सकिएला भनेर कसैले सोध्योभने  हाम्रो जवाफ हुनसक्छ ५ या १० मिनेट, तर अमेरीकाका एक नागरीकले ७४ दिनसम्म पानिमुनि बसेर विश्व रेबर्ड कायम गरेकाछन् । यतिमात्र होइन उनले अझै २६ अरु ३० फीट गहिरो पानिमुनि बस्ने बताएकाछन् ।
पानीमुनि सबैभन्दा बढी बस्ने ति व्यक्तिको नाम डाक्टर जोसेफ दितुरी हो । अमेरिकाको फ्लोरिडामा बस्ने दितुरी एउटा अनुसन्धान पूरा गर्नका लागि दुई महिना भन्दा बढि समयसम्म पानीमुनि ३० फिटको गहिराइमा बसेका हुन् । उनको लक्ष्य पानिमुनि १०० दिनसम्म बस्ने रहेको एजेन्सि मार्फत जनाएको छ ।
७४ औैं दिनमा किर्तिमान कायम गरेसँगै उनले ट्वीटरमा लेखेका छन्, ‘आज मैले सबैभन्दा धेरै समयसम्म पानीमुनि रहने रेकर्ड तोडेको छु । खोज गर्ने जिज्ञासाले मलाई यहाँसम्म ल्याएको छ । मेरो पहिलो दिनदेखिकै उद्देश्य आगामी पुस्तालाई अगाडि आएर ती बैज्ञानिकहरुको अन्तरवार्ता लिनका लागि प्रेरणा दिनु थियो जसले पानीमुनि अध्ययन गरिरहेका छन् अनि यस्तो वातावरणमा मानिसको सरीरले कसरी काम गर्दछ भन्ने कुरा सिकाउनु पनि हो ।’
हाल प्राध्यापक जोसेफ प्रोजेक्ट नेप्च्यून १०० नामक एक मिसन पूरा गर्नका लागि पानीमुनिको गुप्तबासमा गएका हुन् । यहीँ जुन ९ तारिखमा उनको पानीमुनिको बसाइँको १ सयौँ दिन पुग्नेछ । १ सय दिनसम्म पानीमुनि बसेर मात्रै बाहिर निस्किने प्रण उनले गरेका छन् । (अगुवा सन्देश बाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल