सन्त निरंकारी मण्डल नेपालको केन्द्रीय कार्यलय काठमाडौंले एक बिज्ञप्ती जारी गर्दै आगामी माघ ९, १०, ११ गते तदनुसार २३, २४, २५ जनवरी २०२७ मा भारतको महाराष्ट्र स्थित मुम्बई शहरमा सुसम्पन्न हुने ६०औं निरंकारी प्रान्तिय सन्त समागममा सहभागी हुन जाने निरंकारी अनुयायी तथा शुभचिन्तकहरुलाई आ-आफ्नो नाम दर्ता गरिसक्न भनिएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ, भारतको महाराष्ट्रमा हुने प्रान्तिय सन्त समागममा नेपालबाट सहभागी हुनेहरुलाई कुनै किसीमको समस्या नहोस भन्नाकोलागी आवश्यक बासस्थान आदिको समुचित व्यवस्था गर्न आफ्नो स्थानबाट जाने सन्तमहापुरुषको संख्या एकिन गरी कार्तिक २८ गतेभित्र केन्द्रीय कार्यालय काठमाडौंमा आइपुग्ने गरी विवरण पठाइदिन भनी मण्डलका प्रमूख, मुखी, सतसंगत इन्चार्ज तथा सेवादल अधिकारीहरुलाई मण्डलका केन्द्रीय सचिव अनिल महर्जनद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा जनाइएको छ ।
यता सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा नेपाल प्रभारी नर बहादुर रावलसंग उक्त समागममा नेपालबाट कतिको संख्यामा सहभागी हुनसक्छन ? भन्ने सवालमा अध्यक्ष रावलले अहिले उक्त संख्याको एकिन गर्न नसकिने वताउदै अध्यक्ष रावलले हामीले सबैठाउँबाट लिष्ट माग गरेका छौं, कार्तिक २८ गतेसम्मको समय रहेकोले त्यसपछी मात्र उक्त समागममा सहभागी हुनेहरुको यकिन गर्न कसिने वताउनु भएको छ ।
मुम्बै स्रोतका अनुसार भारतको महाराष्ट्र स्थित मुम्बै शहरमा हुने महाराष्ट्र सन्तसमागममा करिव १ देखि दुई हजार नेपाली अनुयायीहरुको सहभागीता रहने जनाइएको छ ।
स्मरण रहोस यो संख्या भारत प्रवासमा रहेका निरंकारी अनुयायीहरु समेतको रहेको छ ।
यश समागमलाई निरंकारी अनुयायीहरुले निरंकारी मण्डलको आयोजनामा हुने दोस्रो ठुलो समागमका रुपमा लिने गर्दछन् । यो समागम निरंकारी मण्डलका सतगुरु सुदिक्षा जी र राजपिता रमित जी को प्रमुखतामा हुनेछ । यसको मिती भने भरखरै भारतको हरियाणा स्थित समालखामा सम्पन्न भएको अन्तराष्ट्रिय बार्षिक सन्तसमागममा सतगुरु माता सुदिक्षा जीले तय गर्नुभएको थियो ।
स्रोतका अनुसार कैलालीको टीकापुरबाट समेत उल्लेखनिय रुपमा निरंकारी अनुयायीहरु उक्त समागममा सहभागी हुने वताइएको छ ।
Aguwa Online All rights reserved.