आईतवार, कार्तिक ३, २०८२
/
लघुकथा- आस्था
२ आश्विन २०८२
  टीकाराम जोशी
ती जराहरूले घरलाई यसरी बेरेका थिए   मानाै अजिंगरले आहारालाई कसेकाे हाेस् । जराले  गाराेलाई खुकुल्याएकाे  हुनाले पर्खाल  ढल्ने  अवस्थामा थिए तर जराकाे आड पाएर ती  ढल्नबाट बचेका थिए ।
रामवरण कुतुहलतापूर्वक रूखलाई नियालीरहेको थियो ।
"बरपिपलका हाँगा जति माथि फैलिएका छन् त्याेभन्दा बढी नै  तिनिहरुका जरा फैलिएका छन् ।  केही जरा पर्खालभित्र छिरेर अदृश्य  भएका छन् । फरक यति मात्र हाे ।" उसले साेच्याे
"घरकाे मालिकले  घरमा उम्रेकाे रुखलाई बेलैमा उखेलेकाे भए हुन्थ्यो नि ।" उसले भन्यो ।
"जुन् बेला घरमालिक यहाँ  बस्थे त्यसबेला घर राम्रै थियो । एकदिन गाउँलेले  जग्गाको नक्साङ्कन गराए । गाउँलेले उनलाई सार्वजनिक जग्गामा   तपाईंकाे घर परेछ भने । पछि  उनलाई घरबास भनेर डाँडाकाे पाखाे जग्गा देखाए ।" बाजेले बेलीविस्तार लगाए ।
"उनले माने कसरी ?" रामवरणले बाजेकाे हातमा धजा दिँदै भन्याे ।
" सबै गाउँले एकातिर भएपछि उनकाे कुरा नमानी सुक्ख ।" बाजेले  जरामा  धजा बान्दै भने ।
जराहरुले बनाएकाे अँध्यारो गुफाभित्र रामवरण चियायाे ‌।
उसले भित्रपट्टि  राम, सीता,लक्ष्मण र हनुमानका पत्थर मूर्ति देख्याे । उसले फूल चढायाे र हात जाेड्याे ।
" कालाे ढुङ्गाकाे मूर्ति रहेछन् । कहाँबाट ल्याएका हुन् ?" उसले भन्याे ।
" शालिग्राम हाे । काली गण्डकीको ।" बाजेले  भने ।
"हाम्रा शिल्पकार बेजाेड रहेछन् । " रामवरणमा देशप्रेम जाग्यो ।
"शिल्पकार भने हाम्रा हाेइनन् ।" बाजेले जवाफ दिए ।
रामवरण मनमनै गुन्न थाल्यो ।
"अनि घरलाई भत्किन दिएर  मन्दिर बनाउन खाेज्ने हामी ।"
जय प्रकास आनन्द

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल