मंगलवार, जेष्ठ ८, २०८१
/
अखिल भारत नेपाली एकता मञ्च परित्याग गरि प्रवासी नेपाली संघ भारतमा प्रवेश
४ माघ २०७८
  अगुवा समाचार
    प्रवासी नेपाली संघ भारत महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिले प्रवेश कार्यक्रको आयोजना गरेको छ ।
    संयुक्त राज्य समितिले सुरत नगर समितिद्वारा आयोजित नव प्रवेश कार्यक्रम सुरत स्थित गोविन्दजी हलमा लक्ष्मण धमालाको अध्यक्षता सम्पन्न  गरेको छ ।
    नवप्रवेश कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” रहेका थिए भने विशिष्ट अतिथिमा प्रवासी नेपाली संघ भारत केन्द्रिय सदस्य कमल धामी रहेका थिए । अन्य अतिथिहरुमा प्रवासी नेपाली संघ भारत महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका सचिवालय सदस्य अजय तिमिल्सेना रहेका थिए ।
    उक्त कार्यक्रममा विभिन्न संगठन परीत्याग गर्ने नव प्रवेशीहरुलाई प्रमुख अतिथि रावलले अविर र माला लगायर स्वागत गरेका थिए ।
    प्रवेश गर्ने नव प्रवेशीहरुमा अखिल भारत नेपाली एकता मञ्च केन्द्रिय सल्लाहकार समितिका सदस्य  लच्छीराम तिमिल्सेना, गुजरात राज्य समिति सदस्यहरु खड्क विक, जैसरा तिमिल्सेना र केशव तिमिल्सेना रहेकाछन् ।
    त्यसै गरि गुजरात राज्य समिती सदस्य तथा सुरत नगर समिति अध्यक्ष सन्तोष विक, उपाध्यक्ष मनिषा विक, सचिव चेतराज तिमिल्सेना, सहसचिव भरत तिमिल्सेना, कोषाध्यक्ष कल्पना विक, पूर्व नगर समिति सचिव भवानी प्रसाद तिमिल्सेना, नगर सदस्यहरु करण विक, एकेन्द्र डाडावाडी, किसोर विक, कृष्ण डाडावाडी, टंक बिक, एकेन्द्र तिमिल्सेना, योगेश भण्डारी, कृति सिंह परियार र शिवसेना नेपालसुरत नगर अध्यक्ष धन बहादुर तिखातरी लगायत दुई दर्जन केन्द्रिय, राज्य र नगर समितिका नेता तथा सक्रिय सदस्यहरू अखिल भारत नेपाली एकता मञ्च परित्याग गरि विधिवत रुपमा प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेको कुरा भारतको गुजरातबाट अजय तिमीलसेनाले जनाएकाछन् ।
    रतन बिकले सञ्चालन गरेको प्रवेश कार्यक्रमलाई स्वागत शंकर विसीले गरेका थिए । (अगुवा सन्देशबाट)
 
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल