बुधबार, कार्तिक १९, २०८३
/
यश वर्ष यमपञ्चक(तिहार)का यस्ताछन साईतहरु
१८ कार्तिक २०८३
  अगुवा समाचार
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति काठमाडौँले यश वर्ष वैदिक सनातनीहरुको दोस्रो ठुलो पर्व यमपञ्चक अर्थात तिहारमा पर्ने चाडपर्वहरूको साइतको विवरण प्रेस विज्ञप्ती मार्फत सार्वजनीक गरेको छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार वि.सं. २०८३ साल कार्तिक २० गते शुक्रबार- धनत्रयोदशी (धन्तेरस), यमदीप दान आदी को समय रहेको छ !
वि.सं. २०८३ साल कार्तिक २१ गते शनिवारका दिन काग तिहार(काकवलि) धन्वन्तरिजयन्ती परेको छ ।
वि.सं. २०८३ साल कार्तिक २२ गते आइतवारका दिन नरकचतुर्दशी, कुकुरतिहार (कुकुर पूजा) लक्ष्मीपूजा (दीपमालिका), सुखरात्रि रहेको छ भने
वि.सं. २०८३ साल कार्तिक २३ गते सोमवारका दिन गाईपूजा परेको छ । त्यसैगरी वि.सं. २०८३ साल कार्तिक २४ गते मङ्गलवारका दिन गोवर्द्धनपूजा, गोरूपूजा, बलिपूजा, हलितिहार, म्हपूजा, ने.सं.११४७ प्रारम्भ हुने दिनका रुपमा रहेको छ ।
यसैगरी यश बर्षको यमपञ्चकको महत्वपुर्ण र अन्तिम दिन वि.सं. २०८३ साल कार्तिक २५ गते बुधवार यमद्वितीया, भाइटीका (किजापूजा) रहेको छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका हहनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ०७ मिनटमा रहेको छ ।
यसदिन दाजुभाईहरुले पश्चिम मोहडामा फर्केर बस्ने र  दिदीबहिनीहरूले पूर्व फर्केर टीका लगाइदिने कार्य गर्न सबैमा पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसाल भुषालको हस्ताक्षरीत
विज्ञप्ती मार्फत जानकारी गराइएको छ । 
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल