कैलाली जिल्लाको पुर्ववर्ति क्षेत्रमा रहेको खक्रौला स्थित नेपाल–भारत मैत्री गेट निर्माण सम्पन्नताको पर्खाइमा रहेको देखीन्छ । बर्षौ विचिसक्दापनि उक्त गेटले भने निर्माण सम्पन्नतालाई पछ्याउन सकेको छैन । उक्त गेटको निर्माण सम्पन्नतामा निर्माण कम्पनिको वेवास्था हो या सम्वन्धित सरोकारवाला नेपाल सरकाको अनदेखा हो ? जेहोस जसको कमजोरी भएतापनि यस कार्यले सवाल भने उठाइ रहेको छ ।
आज उक्त सडकखण्ड भएर आवागमन गर्ने जो कोहीले पनि उक्त गेटलाई देख्ने वितिकै आफ्नो मुखलाई बंग्याने गर्दछन् र भन्ने गर्दछन् आखीर यो गेट किन सम्पन्न नगरेको होला ? तर ति सर्वसाधारणको उक्त सवालको जवाफ त्यहाँ दिनेवाला कोही भेटीदैन् ।
त्यसकारण सम्वन्धित सरोकारवालाहरुले उक्त गेटको निमार्ण सम्पन्नतामा तत्काल ध्यान दिएर गेटलाई सुन्दरतामा बदल्न जरुरी देखीन्छ । यसकालागी सकैभन्दा पहिला टीकापुर नगरपालिकाले नै चाँसोको विषय बनाएर प्रदेश या केन्द्र सरकारलाई घचघच्याउने हो की ? (अगुवा सन्देशबाट)