यति बेला किसानहरु बर्षेबाली धानलाई आफ्नो खेतमा रोपाइ गरीरहेकाछन् । मौसमका हिसावले प्रचण्ड गर्मि भइरहेको छ कैलाली जिल्लाको तराई फाँटको कुरा गर्ने हो करीव ४३ डीग्री तापक्रम पुगीरहेको अवस्था छ । यस्तो गर्मिमा पनि आफ्नो कुनै ख्याल नगरेर किसानहरु खेतमा धानबाली लगाइ रहेकाछन् । तर उक्त खेतमा हाल्ने मल नपाएर त्यतिकै भौतारी पनि रहेका पनिछन् ।
किसानहरुले आफ्नो खेतमा पानी लगाएर धानको बिउलाई रोप्ने तयारी गर्दै मलखाद खोज्न यताउता भटकदै टनटलापुर घाममा भौतारी रहेको सजिलै देख्न सकिन्छ । तर यता सरकारलाई भने आफ्ना ति किसानहरुको पिर र मर्का बुझीदिने फुर्सद नै छैन । चुनावताका ठुल–ठुला प्रतिवद्धता मध्ये किसानका पिरमर्कालाई प्रमुखतामा राखेर भोटको मोलमोलाईगर्ने ति दलीय नेताहरु चुनाव जितुन या हारुन मुसा दुलामा पसेझै हुन्छन् ।
यता किसानहरु हामीले भोट दिएर जितेको वडासदस्य, वडाअध्यक्ष, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका नगरप्रमुख–उपप्रमुख, प्रदेश सांसद, संघिय सांसद र त्यसपछी बनेका मन्त्रीहरु आ–आफ्नै तालमा तल्लीन हुँदै यता किसानहरुसंग गरेका वाचा र कबुलहरु बिर्सेर जान्छन् ।
हाम्रो देशका राजनितीक दलका नेताहरुको यस्तो कर्तुतले गर्दा कृर्षि क्षेत्र धरासायी हुँदै गएको पाइन्छ । तसर्थ सबै सरोकारवालाहरुले किसानहरुलाई सर्वसुलभ तरीकाले मलखाद र बिउविजन पाउने व्यवस्था गर्ने होकी ?(अगुवा सन्देशबाट)