अहिले प्रचण्ड गर्मीको समय चलेको छ । यस्तो बेला हाम्रो घरको सजावटमा पर्दाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आजकालको समयमा मानिसहरुले आफ्नो घरको कोठाहरुमा नयाँ–नयाँ शैलीका पर्दाहरु लगाउने गरेको पाइन्छ । अझै हुनखानेहरुले त जाडो र गर्मीयामकालागि छुट्टाछुट्टै पर्दाको प्रयोग समेत गरेको पाइन्छ ।
गर्मीयामकाबेला कोठालाई उज्यालो र शीतल दुवै बनाउन बजारमा विभिन्न खालका पर्दाहरु पाउनसकिन्छ ।
विशेषगरी पर्दालाई विभिन्न किसीमले छनोट गर्न सकिन्छ । झ्यालमा पर्दाको छनोट गर्दा कोठाको भित्तामा रंगाएको रंग, फर्निचर र बिछ्याइएको कार्पेटलाई आधार मानेर गर्न सकिन्छ । कोठा भित्रको अन्य चिजवस्तु र पर्दाको बीचमा राम्रो तालमेल हुनेगरी पर्दाको छनोट गर्नु पर्दैछ । यस्तो भएमा मात्र कोठा आकर्षक देखिन्छ ।
गर्मीको समयमा पातलो (नेट–कटन) पर्दा लगाउँदा हावा र घाम कोठामा सजिलै छिर्न पाउँदछ । चिसो भएकाबेला अलि बाक्लो नाइनल कपडाको पर्दा लगाउनु राम्रो मानिन्छ । यस आधारमा गर्मीमा दुईखालका पर्दा प्रयोग गर्नु उपयुक्त हुन्छ ।
कोठामा पर्दाहरु रंग नखुइलिने, धुन सजिलो हुने खालका हुनुपर्दछ भने कोठा उज्यालो तथा आँखालाई शीतल प्रदान गर्ने खालका पर्दा प्रयोग गर्नुपर्छ ।
कोठामा कडा घाम आउने भएमा गाढा रंगको कटनको पर्दा लगाउनुपर्छ । त्यस्तै कोठामा पर्याप्त प्रकाश नआउने भए हलुका रंगको पर्दा प्रयोग गर्नुपर्छ ।