मंगलवार, जेष्ठ ८, २०८१
/
भोक लाग्नुको कारण ?
६आषाढ २०८०
  माण्डव्य हेमन्त
    हामी सबैलाई  भोक लाग्छ, तर कहिलेकाही खाना खाने वितिकैपनि  भोक लाग्ने गर्दछ । राम्रो र मिठो खाने कुराहरु देख्दापनि हामीलाइ खानेकुराहरु खाउँखाउँ जस्तो  लाग्छ, भोक को महसुस हुनथाल्छ ! हामीलाई कुनै   कुरामा चित्त नबुझेको बेला जस्तै गर्दापनि भोकलाग्दैन, आखीर किन ? के हो त यो भोक भनेको ?
    हाम्रो शरीरको रक्तसञ्चारलाई चलायमान गर्नकालागी जव पौष्टिक तत्वको कमीहुन्छ, तव हाम्रो शरीरमा खामनेकुराकोपनि कमी हुन्छ, तव हामीलाई भोक लाग्ने गर्दछ । यसलाई अर्को शब्दमा भन्नुपर्दा  शरीरका विभिन्न अंगप्रत्यङ्गहरु लाई नितिगतरुपमा परीचालन गर्नकालागी चाहीने तत्वलाई खाना भनिन्छ भने त्यो खानको जव शरीरले महसुस गर्दछ त्यसलाई भोक भनिन्छ ।
    त्यसैगरी शरिरलाई परिचालन गर्नकालागी धेरै किसीमका हार्मेनहरुको सकृयता हुन्छ भने शरीरलाई भोक लगाउनमापनि बहुसंख्यक हाम्रोनहरु सकृय भएका हुन्छन्, ति सकृय हाम्रोनका कारण शरीरले खानाको महसुस गर्दछ र हामीले खानाखाने गर्दछौं । जसका कारणले गर्दा हामीलाई भोक लाग्ने गर्दछ भन्ने कुराको टीकापुर असपतालमा कार्यरत चिकित्सक डाक्टर लाल सिंह वताउछन् । कही कसो हामीलाई खानेकुराको जरुरत नभएतापनि भोकलागेको महसुस हुने गर्दछ, चिकित्सकहरुले वताउने गर्दछन् ।
    चिकित्सकका अनुसार स्वस्थ्य एकजना यूवा व्यक्तिलाई तिदेखी चार घण्टाको फरकमा भोकलाग्नुपर्ने हुन्छ । एक युवा वयस्कलाई दैनिक २२ सयदेखि २५ सय क्यालोरी खानाको आवश्यकता हुने गर्दछ । अझै शारीररीक श्रम गर्ने व्यक्तिलाई त करीव तिन हजार क्यालोरीसम्म आवश्यक पर्दछ । त्यसकारण हाम्रो शरीरलाई आवश्यक पर्ने खानाकोलागी दैनिक तिन–चार घण्टाको फरकमा खाना खानुपर्दछ भने बालबालीकाहरु लाई अझै छिटो छिटो भोक लाग्ने गर्दछ र सोही अनुसार खाना खुवाउनु पर्दछ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल