भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर विगत पाँच दिनदेखि निरन्तर खराब हुँदै गएको छ। दिल्लीका धेरै स्थानहरूमा AQI ३०० नाघेको छ भने आनन्द विहारमा AQI ४०० नजिक पुगेको वताइएको छ । राजधानी बाहेक, गाजियाबाद, नोएडा र गुरुग्राममा पनि AQI खराब श्रेणीमा रेकर्ड गरिएको छ ।
यस्तैगरी आगामी दिनहरूकालागी दिल्लीमा हावा गुणस्तरको पूर्वानुमान गरिएको छ ।
शनिबार लगातार पाँचौं दिन पनी दिल्लीको हावा गुणस्तर खराब श्रेणीमा नै रह्यो रहेको वताईएको छ । दिवालीको अगाडि बढ्दो प्रदूषण स्तरका कारण राजधानीका नौ अनुगमन स्टेशनहरूले "धेरै खराब" श्रेणीमा आफ्नो नाम रेकर्ड गराए ।
शहरका नौ अनुगमन स्टेशनहरू "धेरै खराब" श्रेणी अर्थात रातो क्षेत्रमा परेकाछन् । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) का अनुसार, दिल्लीले शनिबार दिउँसो ४ बजे हावा गुणस्तर सूचकांक (AQI) २६८ रेकर्ड गरेको छ भने उक्त रेकर्ड "खराब" श्रेणीमा पर्दछ । गाजियाबादमा "धेरै खराब" खराबको श्रेणीमा AQI ३२४ रेकर्ड गरिएको छ । नोएडा र गुरुग्राम क्षेत्र क्रमशः २९८ र २५८ को AQI सहित "खराब" श्रेणीमा रहे ।
राजधानीका ३८ स्थान मध्ये नौ वटा अनुगमन स्टेशनहरूमा हावाको गुणस्तर अत्यन्तै खराब श्रेणीमा रेकर्ड गरिएको छ भने अन्य केही ठाउँहरू गम्भीर श्रेणीतर्फ गक्लीरहेको वताइएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) को तथ्याङ्क अनुसार, आनन्द विहारमा उच्चतम वायु गुणस्तर सूचकांक ३८९ रेकर्ड गरिएको छ । त्यस्तै वजीरपुर (३५१), बवाना (३०९), जहांगीरपुरी (३१०), ओखला (३०३), विवेक विहार (३०६), द्वारका (३१०) र सिरी फोर्ट (३०७) को श्रेणीमा रहेकाछन् । आगामी केही दिनहरूमा समेत दिल्लीमा हावाको गुणस्तर अझै जटील बन्दै जाने अनुमान गरिएको छ ।
सीपीसीबीका अनुसार, शून्य देखि ५० बीचको हावाको गुणस्तर सूचांकलाई राम्रो मानिन्छ भने ५१ देखी १०० सन्तोषजनक मानीन्छ । त्यस्तै १०१ देखी २०० मध्यम, २०१ देखी ३०० खराब, ३०१ देखि ४०० धेरै खराब, र ४०१ देखी ५०० सम्म गम्भीर मानिन्छ ।
शनिबार दिल्लीमा अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । जुन सामान्यभन्दा ०.९ डिग्री बढी हो भने न्यूनतम तापक्रम १९.६ डिग्री सेल्सियस थियो । जुन सामान्यभन्दा १.२ डिग्री बढी हो ।
आइतबार आकाश सफा रहने र अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियसको आसपास रहने अनुमान आईएमडीले गरेको छ ।
यस्तो अवस्थामा दिल्लीको भ्रमण अत्यावश्यक काम बाहेक नगर्न समेत दिल्ली सरकारले अनुरोध गरेको छ ।
स्मरण रहोस केही दिनपछी दिल्लीमा आर्य समाजको आयोजनामा बृहत् वैदिक संस्कृती कार्यक्रमको आयोजना हुदैछ भने उक्त कार्यक्रममा ४५ देशका आर्य समाजी र वैदिक सनातनीहरुले भाग लिदैछन् ।
त्यसैगरी सोही समयमा सन्त निरंकारी मण्डलको आयोजना दिल्लीसंगै जोडिएको हरियाणाको समालखामा ७८औं निरंकारी सन्त समागमको आयोजना हुदैछ, उक्त समागममा विश्वका करिव ९० राष्ट्रहरुबाट अनुयायीहरुले सहभागिता जनाउदैछन् । यस्तो अवस्थामा दिल्लीमा वायु प्रदुषण भइरहेको छ भने यश प्रदुषणले उक्त दुवै कार्यक्रमहरु निश्चित तवरले असर गर्ने देखिन्छ । तसर्थ नेपालबाट उक्त कार्यक्रममा सहभागिता जनाउनेहरुले सजगता अपनाएर मात्र यात्रा गर्दा राम्रो हुने कुराको जिकिर यस सम्वन्धका जानकारहरुले वताउने गरेकाछन् ।