हामी आज यहाँ राम र रावण एक चर्चा भन्ने सवालमा सामान्य चर्चा गर्न गईरहेका छौं । आखिर हाम्रो समाजमा रावणलाई तुच्छ र रामलाई शिरोधार्य किन र केकालागी गरिन्छ ? राम भन्दा रावण महाज्ञानी , ब्रह्मज्ञानी, वैज्ञानीक, ऋषर्चकर्ता थिए भन्ने कुराको उल्लेख रामायणमा नै पाइन्छ, रावण संहितलाई अध्यन गर्नेहो भन्ने अवगत हुनजान्छ ! रामपनी राजा अनि रावणपनी राजा ! दुबै अलग अलग देशका साशक नै थिए । रामयणमा उल्लेखिय कुरालाई नै मान्ने हो भने दबै शक्तिसाली राज्य थिए । त्यति मात्र होइन उता बालीको राज्य किस्किन्धानगरी पनि विश्व सक्तिसाली थियो अहिलेको चिन जस्तै गुपचुपमा आफ्नो शक्ति बढाइ रहेको ...? त्यसकार रावणले उक्त राज्यलाई जित्न नसक्दा बालीसंग मित्रता गाँसेको थियो । भनिन्छ, रावण र बाली गुरुभाई पनि थिए रे ? यता किस्किन्धा नगरी रावणको पक्षमा भएपछी उता अयोध्या नगरी रिस उठ्नु स्वभाविक थियो, जस्तै अहिले अमेरीका आफु बाहेक अरुसंग कसै देशले दोस्ती गर्नथाले कसरी फटफटाउछ ? त्यसरी नै अयोध्या नगरी पनि फटफटाउनु स्वभाविक नै थियो । किपय रामायणहरुमा यस्तोपनी उल्लेख गरिएको पाइन्छ भन्ने विद्वानहरुले भन्नेगरेकाछन् । यहि कारण रामले बालीलाइइ मारेर सुग्रीवसंग मित्रता कायम गरे । राम र रावणको युद्धमा रावण मारिए राज्य गयो र विभिषण जस्ता सुराकी भाई राजा भए तर अयोध्या नगरीको दासत्वमा बसे ।
यता रावण र विभिषणको किन आपसमा द्वन्द थियो भन्ने सवालमा रामायणमा नै उल्लेख पाईन्छ । रावण शिव भक्त ततिए भने विभिषण विष्णु भक्त ! यसकारण दुई भाइको मत मिलेन र उक्त युद्धले भयंकर रुपलीदै रावणको बंश नै नास भयो । त्यसैले आजको समयमापनी भाईहरुले परिवार विरोधी कार्य गरेमा यो त विभिषण भयो भन्ने गर्दछन् । विभिषणलाई उनकै दाजु रावणका भाई का भाई कुम्भकर्णको सराप थियो कि इतिहासमा तलाई कहिलेपनी राम्रो नजरले नहेरियोस ! यहिकारण आजको समयमापनी विभिषण रावण भन्दापनी अपमानित छन् ।
अव हामी राम र रावण सम्वन्धी अरु केही चर्चा गरौं । रावणको शिव ताण्डव स्त्रोत्र अहिलेका ब्राह्मण र बाहुन लगायत अन्यहरुले साँझ बिहानका साथै यज्ञयज्ञादीमा पाठ गर्न हुने ? अनी त्यही रावण अहिलेको समाजमा राक्षस, दानव आदिको संज्ञाले तिरस्कृत हुने ? अनी त्यही रावणले लेखेको रावण संहिता र लाल किताब विश्वमा उत्कृष्ठ हुने ? तिनै ब्राह्मण, बाहुन, क्षेत्री, वैश्य, शुद्र लगायत अन्यहरुलाई चाहिने ? फेरीपनी रावण राक्षस र दानवबाट सम्वोधित हुँदै तिरस्कृत हुने ? त्यही रावण राम लंका जान नसकेर राम र रावणको सेना लंका आउन सकुन भने महायज्ञ गर्ने, लक्षमण लाई मेघनादको तिर लागेर बेहोस भई मृत्यु शेयामा जादा रावणले नै आफ्ना वैद्धयलाई पटाएर लक्ष्मणको औषधीमुलो गराउन लगाउने ? फेरीपनि रावण राक्षस र दानवले सम्वोधित हुँदै तिरस्कृत हुने ?
कस्तो बिडम्वना है ? हाम्रो समाजमा श्रीमती हरण गरेर आफ्नै जीवन संगीबनाउनेहरु अंगालो मारेर एउटै टेबुलमा रक्सी पिउदै उत्सव मनाउछन भने कहिले तेत्रायुगमा आफ्नि बहिनी सुपर्णखाको अनदेखा र सुनासुनी अपमानको अन्जानमा सबक सिकाउन गरिएको सीता हरण नभइ अपरहण जसमा सर्तहरु हुन्छन् त्यस्ता कुरा ल्याएर अहिलेको कलियुगमा एउटै संस्कार र संस्कृतीमा रावण बिरोधी गतिविधी गर्नु गराउनु भनेको के जायज छ त ?
मेरो बिचारमा हामीले रामलाई कति र कसरी बुझ्यौं भन्ने लाग्दछ । जसले रामलाई नजदिकबाट बुझेको छ जानेको छ त्यसले रावणलाई कहिलेपनी नकारात्मकताले बुझ्दैन ! किनभने राम स्व्यमले रावणलाई नकारात्मक किसिमले कहिलेपनी हेरेन र बुझेन् ! यो कुरा मैले भनेको होइन, रामायणमा उल्ले पाइन्छ ।
यसो भनिरहदा केही ज्ञाता विद्वानहरुले भन्लान कुन रामायणमा लेखेको छ ? मलाई त्यस्ता विद्वानलाई यस्तो भन्ने लाग्छ कि महोदय, मैले बुझेसम्म रामायण १२० तरिका र भाषामा पाएको छु । ५ तरिका र भाषामा त मैले संकलन गरेको पनि छु ! अन्य केही भाषाहरुमा मैले भेटेतापनी उक्त भाषाहरुको ज्ञान नभएकाले मैले तिनिहरुलाई सुरक्षीत गर्न सकिरहेको छैन । तर प्राय सबै रामायणमा रामले रावणको सम्मान गरेको पाईन्छ । त्यसैले हाम्रो विकृत्तात्मक सोचमा परिवर्तन गरौं । र समाज सुधारमा लागौं । यसको मतलब मैले रावणको पुजा गर्नुस भनेको होईन ! रावणको पुजा त आपसेआप तपाईं हामीले दिनहु गरिरहेका छौं । किनकि ज्योतिषाच्यार्य, आयुर्वेद, विभिन्न नितिहरु रावणद्वारा नै आविस्कार गरिएको कुरा ग्रन्थहरुमा उल्लेख पाईन्छ । यी कुराहरु त बिहान उठेदेखी नै हामी गर्न थाल्छौं । केरै गर्नेहो भने रामले पनि पवित्र सितालाई जिवनको उतराद्रमा त्याग गरेकै हुन् , होइन र ? रामायणले त्यही भन्छ ।
त्यसैले राम र रावणमा दरार होइन् कि ती दुबै महान ज्ञानी पुरुषका राम्रा पक्षको अनुसरण र समर्थन गरौं , नराम्रा पक्षलाई अन्धभक्त भएर अनदेखा नगरी तिरस्कार गरौं भन्ने भावना हामी त्यही रामायणबाट पाउछौं । आजको समयमा रावणको पक्षमा खुल्ला रुपमा आवाज उठीरहेकाबेला हामी सबैले उनिहरुको गुणदोषका आधारमा व्याख्या र विश्लेषण गरौं । किनकि जार पुत्रले पनि कृया गर्न सक्छ भन्ने हाम्रो परम्परालाई नबिर्सौं । जय माण्डव्य !
प्रती सवाल होइन स्वअध्यन गरौं !