मंगलवार, जेष्ठ ८, २०८१
/
एउटै व्यक्तिका ५७८ सन्तान
६आषाढ २०८०
  अगुवा समाचार
    संसारमा के हुन सक्दैन र अहिलेको समयमा मानिसहरुलाई आफ्नो १ एउटा बच्चा को लालन पालन गर्न त हम्मेहम्मे परिरहेको हुन्छ भने युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषले आफ्नी १२ वटी श्रीमतीहरु बाट १०२ छोराछोरी जन्माए भने ति छोराछोरीहरु बाट हालसम्म ५७८ वटा सन्तान जन्माएकाछन् ।
    हाम्रो गाउँठाउँको कुरा गर्ने हो भने गाउँभरीको टोटल जनगणना गर्दा पनि यतिका जनसंख्या नै पुग्दैन तर यसगान्डाका ति एउटै व्यक्तिले एक्लैले यतिका सन्तान जन्माइदिएकाछन् । यसरी सयौंको संख्यामा सन्तान उत्पत्ती गर्ने ति व्यक्तिको नाम “मूसा हसाहा कसेरा”हो ।
    कसेराका अनुसार आफुले जिवनमा कहिलेपनि कुनैकिसीमको गर्भनिरोधक साधनको प्रयोग नगरेको वताएकाछन् । आफूले जीवनमा कहिल्यै पनि गर्भनिरोधक साधनको प्रयोग नगरेको कसेरा बताउँछन् । कसेराको उक्त भनाइलाई उनका श्रीमती, छोराछोरी र नातीनतिनाहरुको उपस्थितीले प्रमाणीत गर्दछ । तर अहिले उनको मन परिवर्तन भएको वताइन्छ ।
    ६८ बर्षको उमेरसम्म उनले कहिलेपनि गर्भनिरोधक साधनको प्रयोग नगरेतापनि हाल आएर उनले आफ्ना श्रीमतीहरुलाई गर्भ निरोधक साधनको प्रयोग गर्न लगाएकाछन् । अनका अनुसार आफुलाई ६८ बर्षको उमेरमा आएर छारोछोरी जन्माउने इच्छा मरेको छ । उनलाई  सयौको संख्यामा जन्माइएका छोरा छोरीहरु सन्तानको रुपमा पुगे भन्ने लागेको छ ।
    कसेराका अनुसार आफुलाई आफ्रनै सबै १०२ जना बालबच्चहरुको नाम र सबैलाई चिन्न समेत गाह्रो हुने गरेको र सबै भन्दा जेठो र कान्छो छोराको नाम मात्रै सम्झनामा रहेको उनी वताउँछन् ।
    कसेराका अनुसार उनले सन् १९७२ मा १७ वर्षको उमेरमा पहिलो बिहे गरे भने पारिमारीक दवाबका कारण उनले एकपछी एक गर्दै १२ वटी महीलासंग बिवाह गरेर १०२ छोराछोरी जन्माएका थिए ।
    दुई एक्कड जमीनका मालीक उनी हाल बेरोजगारछन् भने उनको स्वास्थ्य समेत बीग्रीदै गएको छ । तर पनि उनि अहिले आफ्नो गाउँमा पर्यटकहरुको केन्द्रविन्दु बन्दै गएकाछन् ।
    युगाण्डामा बहुविवाह कानुनि मान्यता सहितको एक प्रथाको रुपमा रहेकोले त्यहाँका मानिसहरुलाई बहुबिवाह गर्न पाउने व्यवस्था रहेको छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल