गण्तव्यको लक्ष्यलिइ हिडिरहेको थिए
कसैले सोधे मलाई तिमी कस्तो छौ .......??
मैले जवाफ दिए, हाँस्ने धेरै गर्छु,
मुस्कुराउने कम गर्छु, विन्दास रहन्छु
जेभएनी जसो भएनी रुने काम नै गर्दैन,
आँसु रती झार्दैन तर आँखा रसाएकाछन !!
दुइदिनको जिन्दगी छ,
यसको कुने मूल्य छैन
आवाज त ठुलो छ तर
आवाजका चित्कार दबिएकाछन !!
आफुभन्दा अरुलाई माया धेरै गर्छु
यति हुदापनी अरु देखि डराउछु
सहनशिलताको सिमा नाघ्दिन
तरपनि अपजसको बोरा भरिएकाछन !!
अरुको कुभलो गर्न मनले मान्दैन
छुल्याई फट्याई कतिपनी जान्दैन
आफुभन्दा अरुलाई सक्षमताको दुहाई गर्दछु
तरपनी समाजमा कतिले कति इगो पालेकाछन !!
निस्वार्थी पनले कुभलो नचिताई
निशिदिन निष्पक्ष दिनहरु विताई
आगामी पिढिकालागी भलो चिताउदापनी
कुनठाउं र कहाँ दबोचौ भनेर लागि परेकाछन !!
यस्तै छ मेरो जीवन यापन
जिवनको चौतारी कुरी रहेकै छु !
जसले जे भनुन् जे गरून् त्यसको प्रवाह छैन
म त मेरो बुवाको उपदेश शिरोधार्य गरिरहे कै छु !!