शनिबार, बैशाख १९, २०८३
/
जसपा मा राजाअ समाहित
२०८२ वैशाख १९
  अगुवा समाचार
जनता समाजवादी पार्टी र राष्ट्रिय जागरण अभियान विच लामो समयको छलफल पश्चात् अन्ततह सहमती भई "राजाअ" "जसपा" मा समाहित भएको छ । 
हिजो ललितपुरको ग्वार्कोमा जसपा केन्द्रीय कार्यालयमा उक्त सहमती भएको छ । जसपाको तर्फबाट अध्यक्ष अशोक कुमार राई र राजाअ को तर्फबाट वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार परियाले सहमती पत्रमा हस्ताक्षर गरेकाछन । 
निकट भविष्यमा अझै अन्य दलहरुसंग समायोजनकालागी छलफल चलीरहेकाले निकट भविष्यमा नै अन्य दलहरु एकतामा आउने जसपा अध्यक्ष राईले वताएकाछन् । 
अध्यक्ष राईका अनुसार अबको समय टुक्रा भएर होइन एकजुट भएर अगाडी बढ्नुपर्ने भएकाले पार्टीलाई उचाईको गतिमा लिनका निम्ति आफु जस्तोसुकै त्याग गर्न पछिनपर्ने समेत बताएकाछन ।
आफुले युवा जमातलाई अग्रसर गर्नका निम्ति पार्टीभित्रपनी युवा जमातलाई बिभिन्न पदिय जिम्मेवारी दिएको समेत बताए । उनले भने हाम्रो पार्टीले समानता, समावेशी र सहअस्तित्वलाई शुरुवाती समय देखि नै उटान गर्दै आएकालेपनी जनता समाजवादी पार्टी समय अनुकुल रुपान्तरण भएर अगाडी बढिरहेको समेत वताए ।
अध्यक्ष राईले भने हामीले बिगतका कमिकमजोरीबाट पाठ सिक्दै आगामी योजनाहरुलाई समय अनुकुल रुपान्तरीत भएर जनताको चाहना अनुसार देश बिकासका सवालमा अगाडी बढ्नु पर्ने हुन्छ ।
हिजो बसेको जनता समाजवादी पार्टीको कार्यकारीणी समितीले रिक्त रहेका केही पदाधीकारीहरुको पदलाई पदपुर्ति समेत गरेकोछ । पदाधिकारीहरुमा तिनजना सचीव, सुदुरपश्चिम, लुम्विनी र गण्डकी रहेकाछन भने एक उपमहासचिव कोशी प्रदेश र एक उपाध्यक्ष काठमाडौंबाट रहेकाछन् ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल