बिहिवार, आषाढ ११, २०८३
/
निरंकारी मण्डलका अध्यक्ष रावललाई मातृशोक
२०८३ अषाढ १०
  हेमलम्व माण्डव्य
सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा नेपाल प्रभारी नर बहादुर रावललाई मातृशोक परेको छ । १९८२ श्रावण ४ गते जन्मनु भएको चम्पा देवी रावल २०८३ आषाढ ९ गते बिहान आफ्नो नश्वर शरीरलाई त्याग गर्दै ब्रह्मलीन हुनु भएको हो । स्वर्गीय चम्पादेवी रावलले एक सताव्दी पार गरेर १०१ बर्षको उमेरमा आफ्नो मानव चोलालाई त्याग गर्दै निराकारमय हुनुभएको हो । उहाँले आफ्नो जिवनकालमा आएका उतारचढावहरुलाई कुनै संकोच नमानी हर्षविभोर तरीकाले सधै आफ्नो घरपरीवार र समाजको सेवा गर्दै विताउनु भएको पाइन्छ । स्वर्गीय रावलका तिन छोराहरु सबै समाजसेवामा निरन्तर लाग्दै आउनुभएको छ । उहाँका जेठा छोरा टीकापुर स्थित विरेन्द्र विद्या मन्दिर मावीका संस्थापक शिक्षकका रुपमा चिनीनु हुन्छ भने आजको समयमा सेवानिर्वीत भएर साहित्यकारको रुपमा देवकोटा साहित्य समाज टीकापुरको अध्यक्षका रुपमा कार्य गरीरहनु भएको छ ।
माइला छोरा नरबहादुर रावलले आफ्नो युवा अवस्थालाई टीकापुर विकास समितीको अधीकृत लेवलको जागीरमा स्थापीत हुँदै यस क्षेत्रमा ठुलो योगदान दीनुभएको पाइन्छ भने पछील्लो समयमा सन्त निरंकारी मण्डलको केन्द्रिय अध्यक्ष तथा नेपाल प्रभारी(प्रमुख) को जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाले निरंकारी मण्डलको साखा–उपसाखाहरुलाई नेपालको कुना काप्चासम्म पु¥याई अहीलेको समयमा आध्यात्मीक चिन्तनबाट नै मानव जिवनलाई उज्जवल बनाउन सकिन्छ भन्ने हेतुले निरंकारी मिसनको प्रचार प्रसारमा योगदान दिइरहनु भएको छ । निरंकारी मिसनलाई आज नेपालको उत्कृष्ठ समाजीक संस्थाको रुपमा अगाडी बढाउन नरबहादुर रावलको विशेष भुमीका रहेको देखीन्छ ।
त्यसैगरी स्वर्गीय रावलका कान्छा छोरा मोहन बहादुर रावल पनि शिक्षण पेसामा नै कार्यरत हुनुहुन्छ भने उहाँले पनि समाजमा सामाजीक कार्य गदै आफ्नो पहीचान कायम गर्नु भएको छ ।
आज यस समाजमा स्वर्गीय रावलको परीवार जुन किसीमले ग्रस्थानमा चितपरीचित रहेको छ त्यसको योगदान भने १०१ बर्षीय चम्पादेवी रावको नै रहेको देखीन्छ, उहाँले आफ्नो जिवनकालमा सहि समयमा सहि तरीकाले आर्दश, अनुशासन र उच्च शिक्षाकालागी पहलकदमी गरेका कारण नै आजको समयमा उहाँको परीवारले समाजमा स्वच्छ छवी बनाएर समाज सेवाको अग्रस्थान हासील गरेको देखीन्छ ।
स्वर्गीय रावलका माइला छोरा नर बहादुर रावलले दिएको जानकारी अनुसार उहाँको दाहसंस्कार हिन्दु परम्परामा कर्णाली नदीमा आज बुधबार बिहान गरीएको छ भने अषाढ २३ गते मंगलबारका दिन सबै इष्टमित्र दाजुभाईहरुलाई ४५औं दिनको पुण्यतिथीका अवसरमा प्रसाद ग्रहणगरीदिन समेत आग्रह गरीएको छ ।
हामी पनि अगुवा अनलाईनको तर्फबाट स्वर्गीय आमा चम्पादेवी रावल प्रति नतमस्तक हुँदै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल