अगुवा समाचार टीकापुर २०८२ फाल्गुन ८
यतिबेला कैलाली जिल्लाको पुर्वर्ती क्षेत्रमा रहेको टीकापुर नगरपालिका सुरक्षाको दृष्टिकोणले चर्चाको विषय बनेको छ । बुधबार कैलाली जिल्लाको टीकापुर स्थित खक्रौलाका नाकामा रहेको सशस्त्र प्रहरी वेस क्याम्पमा प्रहरी र स्थानिय विच भएको हतापाले सुरक्षा सम्वेदनशिलतालाई प्रष्ट्याएको छ । नेपाल भारत सिमावर्ति क्षेत्रमा रहेको उक्त सशस्त्र प्रहरी वेस क्याम्प भित्र नै भएको उक्त कार्यले सुरक्षा किायमाथि नै सवाल प्रदा गरीदिएको छ ।
पुर्ण रुपमा आधुनिक हतीयारले सु–सज्जीत रहेको सशस्त्र प्रहरी बलको हाताभित्र प्रहरी नै हतीयार बिहिन हुनुले हाम्रो सिमावर्ति क्षेत्र कुन किसीमले सुरक्षित छ भन्ने कुराको पुष्टि समेत गरेको छ ।
उक्त ठाउँमा स्थानिय र सशस्त्र प्रहरी विच कुन र के कारणले हातापाइ हुन गयो भन्नेकुरा आगामी दिनमा कानुनि रुपमा बाहीर आउने नै छ । तर सुरक्षा निकायको हाता भित्र नै गएर सिमा सुरक्षा बलसंग हातापाई हुनु भनेको संम्वेदनशिलताको पराकाष्टा नै हो भन्न सकिन्छ । यो घटनाले स्थानिय स्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै नेपाली सुरक्षा निकायमाथि सवाल खडा गरेको छ ।
स्थानियहरुका अनुसार आफ्नै वेस क्याम्पको सुरक्षा गर्न नसक्ने यस्तो फितलो सुरक्षाले सिमावर्ति क्षेत्रको के सुरक्षा गर्न सक्लान ? भन्ने अविस्वास पैदा भएको छ । तसर्थ उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडाभन्दा कडा कार्वाही गरीनु पर्दछ । (अगुवा सन्देशबाट)