गौं संरक्षणको सवालमा उठाइएका आवाजहरु अझै हाम्रो कानमा गुञ्जायमान भइरहेका छन् । सायद यसले पुस्तौपुस्ता सम्म प्रसय पाइनै रहने छ । तर यसको उपलब्धी भइरहेको छ की छैन भन्ने कुराले आज समाजमा जटील सवाल पनि उब्जाइरहेको छ ।
गौ अर्थात गाई संरक्षण भन्दै निजी र सरकारी स्तरबाट लाखौं लाख रुपैयाँले आफ्नो अस्तित्व गुमाइसकेको छ । तर अझैसम्मपनि गौं सरंरक्षण हुनसकेको देखीदैन ।
कैलाली जिल्लाको भजनी तथा टीकापुर नगरपालिका क्षेत्र भित्रको गौं संरक्षणको सवाललाई हेर्ने हो भने दयनिय अवस्थामा रहेको पाइन्छ । भजनी नगरपालिका स्थित त दिनदहाडै गाईको पेटमा छुरा समेत हानिएको अवस्था पाइएको थियो भने त्यसलाई स्वास्थ्यक्रमीको टोली आएर बडोमकस्सदका वाबजुद छुरा निकाल्न सफल भएको थियो । त्यति मात्र होइन उक्त ठाउँमा रहेका गौसालामा समेत गाईहरुको दयनिय अवस्था नै देखीन्छ ।
यता टीकापुर नगरपालिकामा समेत त्यस्तै अवस्था रहेको देखीन्छ । किनभने ४ लेन र ६ लेन सडकखण्डमा अझैपनि गाईगोरुहरुले रात्रिकालीन अवस्थामा दस्तक दिएर आवागमनमा अवरोध सुजना गरेको पाइन्छ । तसर्थ नारा र आवाज होइन सम्वन्धित सरोकारवालाहरुले वास्तवीक रुपमा गौं हरुको संरक्षण र सम्वद्र्धन व्यउवस्थित रुपमा गर्ने हो की ?