आध्यात्मिक तथा सामाजीक संस्था सन्त निरंकारी मिसनमा एउटा सेवादलको लीयो संगठन रहेको छ ! यश संगठनले सन्त निरंकारी मिसन भित्र मात्र होइन समाजमा पनि धेरै ठुलो छाप छोडन सफल भएको छ । उक्त सेवादल संगठन सन्त निरंकारी मिसनलाई किन र केकालागी आवश्यक पर्यो ? यसको स्थापना कहिले र कसले ? यसको नेतृत्व कसले गरेका थिए ? सेवादलका आचरण बिचरण के कस्ताछन् ? भन्ने सवालमा यहाँ हामी केही चर्चा गर्नेछौं । यो लेखलाई यहाँ प्रस्तुत गर्नुभन्दा अगाडी हामीले निरंकारी मिसनका थुप्रै दस्तावेजहरुलाई अध्यन गर्ने अवसर पायौं । त्यही अवसरको सदुपयोग गर्दै यो लेख तयार पारिररहेकाछौं । यसमा मिसनलाई आँच आउने कुनै कुरा गरिएको छैन भन्ने लागेको छ । यो लेख सामान्यतया ती तमाम निरंकारी अनुयायी तथा समाजमा रहेका गैर निरंकारीहरु लागयत स्वय निरंकारी सेवादललाई निरंकारी सेवादलका बारेमा बुझ्न सजीलोहोस भनेर तयार पारिएको हो । सम्वेदनशिलताको सिमामा रहेर यो लेख तयार गर्दा कहिकतै त्रुटि हुनगएको छ भने क्षमा प्राथी छौं ।
"सन्त निरंकारी मिसन कुनै धर्म या सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा हो" भन्ने निरंकारी सतगुरुको महानबाणीलाई यहाँ स्मरण गर्दै निरंकारी सेवादलका सम्वन्धमा मिसनका दस्तावेजहरुमा उल्लेख गरिएका कुराहरु अनुसार, सन्त निरंकारी सेवा दल सन्त निरंकारी मिशनको त्यो अनुशासित, समर्पित र निष्काम अङ्ग हो, जसले कुनै पनि स्वार्थ, भेदभाव वा प्रचारको लालच बिना मानवता सहित प्रकृतीको सेवामा रात-दिन तत्पर रहने गर्दछ । यश संगठनले निरंकारी मिशनमा सेवालाई केवल एउटा कार्य मात्र नभई बल्कि ईश्वर (निरंकार) को भक्तिको व्यावहारिक रूप मान्ने गरेको पाईन्छ ।
सन्त निरंकारी सेवा दलको इतिहास, गठनका कारणहरू, उद्देश्यहरू, कार्यप्रणाली र समाज निर्माणमा यसको भूमिकाको विस्तृत विवरण तल प्रस्तुत गरिएको छ:
१. सेवादल के हो र यसको पहिचान के हो ?
सन्त निरंकारी सेवादल मिशनको एक सुव्यवस्थित र अनुशासित स्वयंसेवक सङ्गठन हो । यसमा बालबालिका, युवा, ज्येष्ठ नागरिक, महिला र पुरुष सबै वर्गका मानिसहरूले सहभागीता जनाउदै आएकाछन् ।
क) खाकी/वर्दीको पहिचान: सेवादलका पुरुष र महिलाहरू एक विशिष्ट पोशाक (Uniform) लगाउँछन् । पुरुषहरूका लागि सामान्यतया खाकी वा नीलो पेंन्ट-सर्ट र महिलाहरूको लागि सेतो सलवार-कमीजका साथ नीलो/खाकी दुपट्टा वा ज्याकेट निर्धारण गरिएको हुन्छ । यो पोशाक अनुशासन, समानता र सेवा भावको प्रतीक हो ।
ख) समानताको भाव: पोशाक लगाएपछि कुनै पनि व्यक्तिको सामाजिक, आर्थिक वा शैक्षिक स्थितिले कुनै अर्थ राख्दैन । एउटा ठूलो उद्योगपतिदेखि लिएर एक साधारण श्रमिकसम्म, सबै एउटै पङ्क्तिमा उभिएर निष्काम भावले सेवा गर्छन् ।
२. सेवादलको गठनको इतिहास ?
निरंकारी मिशनको सुरुवात सन् १९२९ मा बाबा बुटा सिंह जी को मार्गदर्शनमा हालको पाकिस्तान स्थित पेसावरबाट भएको थियो । शुरुआती अवस्थामा जब मिशनका समागम र सत्संगहरू आयोजित हुन्थे, तब त्यसको व्यवस्थापनका लागि कुनै व्यवस्थित प्रणाली थिएन ।
जब मिशनको सिमाक्षेत्र बढ्दै गयो, सत्संगहरू र वार्षिक निरंकारी सन्तसमागमहरूमा लाखौँको संख्यामा मिसनका अनुयायीहरू सहभागी हुनथालेपछी त्यति ठूलो जनसमूहका लागि: अनुशासन र व्यवस्था कायम राख्न, यातायात, पार्किङ, जलपान, चिकित्सा र बास्थानको व्यवस्था गर्न, आपत्कालीन स्थितिहरू र प्राकृतिक प्रकोपको समयमा समाजको सहयोगका लागि एक प्रशिक्षित र समर्पित समूहको आवश्यकता पर्नगयो ।
क) यसको स्थापना वर्ष: सन्त निरंकारी सेवादलको औपचारिक गठन २५ नोभेम्बर १९५६ मा तत्कालीन सतगुरु बाबा अवतार सिंह जीको पवित्र मार्गदर्शनमा भएको थियो ।
ख) यसका प्रथम मुख्य सञ्चालक: यसको सुचारु सञ्चालनका लागि प्रताप सिंह जी(जसलाई चाचा जीको नामले समेत चिनिन्थ्यो)लाई सेवादलको पहिलो मुख्य सञ्चालक (Chief Organizer) नियुक्त गरिएको थियो ।
ग) यश संगठनको उद्देश्य: यसको मुख्य उद्देश्य सत्संग तथा समागमहरूमा आउने निरंकारी मिसनका अनुयायी तथा शुभचिन्तकहरूको नि:शुल्क सेवा गर्नु र अनुशासन कायम राख्नु थियो, ताकि प्रत्येकले शान्तिपूर्ण वातावरणमा ईश्वर-भक्ति (निरंकार प्रभुको ध्यान) गर्न सकून् ।
३. मिसनलाई सेवादल किन चाहियो ?
सन्त निरंकारी मिशनका मूल सिद्धान्तहरूमा "सेवा, सुमिरन र सत्संग" तीन प्रमुख स्तम्भहरु रहेकाछन् । सेवा दलको अस्तित्व पछाडि आध्यात्मिक र सामाजिक दुवै कारणहरू रहेकाछन्:
(क) आध्यात्मिक कारण:
अ) अहङ्कारको त्याग: सेवा गर्दा मानिसभित्रको अहङ्कार (Ego) समाप्त हुन्छ र नम्रता (Humility) सद्भावको भाव उत्पन्न हुन्छ ।
आ) ईश्वर भक्तिको व्यावहारिक रूप: निरंकारी मिसनका अनुसार, "मानव सेवा नै प्रभु सेवा हो"। जब हामी ईश्वरले बनाएको सृष्टि र मानवमात्रको सेवा र प्रकृतीको संरक्षण गर्छौं, त्यो प्रत्यक्ष रूपमा निरंकारकै पूजा हुने गर्दछ ।
इ) निष्काम भाव: सेवा दलका सदस्यहरू सेवाको बदलामा कुनै पनि तलब, पुरस्कार वा प्रशंसाको इच्छा राख्दैनन् । उनिहरु निस्काम रुपमा स्वस्फुर्त तरिकाले निस्वार्थ रुपमा कार्यहरु गर्ने गर्दछन् ।
(ख) व्यावहारिक र व्यवस्थात्मक कारण:
अ) विशाल आयोजनहरूको व्यवस्थापन: हाल भारतको हरियाणा स्थित समालखा आध्यात्मिक स्थलमा आयोजित हुने वार्षिक अन्तर्राष्ट्रिय निरंकारी सन्त समागममा लाखौँ श्रद्धालुहरू जम्मा हुने गर्दन । यति ठूलो समागमको पूरा व्यवस्थापन (सुरक्षा, सरसफाइ, भोजन, चिकित्सा, यातायात) कुनै पनि व्यावसायिक एजेन्सी बिना, केवल सेवा दलका स्वयंसेवकहरूले सम्हाल्ने गर्दछन् । यसैगरी विभिन्न देश र क्षेत्रहरुमा हुने सत्संगत, समागम र सामाजीक कार्यहरुमा सेवादलहरु निस्वार्थ तथा अवैतनीक रुपमा कार्य गर्दै आएको पाईन्छ ।
आ) अनुशासनको पाठ: समाजमा नियम र मर्यादाको पालना गर्दै र अरुलाई उक्त कुराको पालना गर्न लगाउनु, सिकाउनु सेवा दलको एक प्रमुख उद्देश्य हो ।
४. सेवादलको संगठन र कार्यप्रणाली ?
सन्त निरंकारी मिसनमा सेवादलको एक अति सुसङ्गठित र अनुशासित संरचना (Hierarchical Structure) छ, जुन राष्ट्रिय स्तरदेखि स्थानीय शाखासम्म फैलिएको छ:
क) केन्द्रीय कार्यकारिणी (Central Executive):
यसले सम्पुर्ण क्षेत्र अर्थात देश विदेशमा रहेको मिसनको गतिविधीलाई हेर्ने र आफ्नो योजना र तर्जुमा तयार गर्ने कार्य गर्दछ ।
ख) मुख्य सञ्चालक (Chief Organizer): सेवा दलको सर्वोच्च पद, जसले देश तथा विदेशभरिका सेवादलका कार्यहरूको रेखदेख गर्दछ ।
ग) क्षेत्रीय सञ्चालक: राज्य र जिल्लाहरूको आधारमा सेवादलको स्थितीलाई सु-व्यवस्थित गर्ने कार्य गर्छन्।
घ) स्थानीय शाखाहरू (Local Branches):
प्रत्येक सहर, बजार र गाउँ क्षेत्रस्थित सन्त निरंकारी भवनमा सेवादलको एक स्थानीय इकाइ हुने गर्दछ भने यसमा सञ्चालक (Organizer) र शिक्षक (Instructor) हुन्छन्, जसले सेवादलका हरेक सदस्यहरूलाई परेड, पी.टी. र सेवाका तौरतरिकाहरु सिकाउने गर्दछन् ।
ङ) महिला सेवादल (Ladies Wing):
सेवादलमा रहेका महिलाहरूका लागि छुट्टै सेवा दलको शाखा हुनेगर्दछ, जसले महिलाहरूको व्यवस्था, लंगर सेवा र अन्य आयोजनहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
च) बाल सेवा दल (Junior Wing):
निरंकारी मिसनमा आबद्ध भएका बालबालिकाहरुलाई बाल्यकालदेखि नै सेवा, अनुशासन, नैतिक र सामाजीक मूल्यमान्यताहरूको संस्कार सिकाउनका लागि बाल सेवादलको गठन गरिएको पाईन्छ ।
५. सेवादलका प्रमुख कार्यहरू र गतिविधिहरू ?
सन्त निरंकारी सेवादलका कार्यहरू केवल सत्संग भवन र समागम स्थलहरूमा मात्र सीमित रहेका छैनन्, बल्कि समाज सेवाका हरेक क्षेत्रमा फैलिएका छन्:
क) निरंकारी समागमहरू र सत्संगहरूमा सेवा:
अ) ट्राफिक एवं पार्किङ व्यवस्था: सत्संगत तथा समागम स्थल बाहिर र आवश्यक परेमा अन्य सामाजीक संस्थाहरु लगायत राज्य सञ्चालन गर्ने सरकारहरु मार्फत हजारौँ सवारीसाधनहरूको पार्किङ र यातायात नियन्त्रणको काम कुनै बाधाबिना सुव्यवस्थित गर्ने ।
आ) लंगर (सामुदायिक भान्छा): सतसंगत र समागममा सहभागी भएका अनुयायीहरूका लागि खाना पकाउने, पस्कने र सरसफाइलाई व्यवस्थित गर्दै नि:स्वार्थ रुपमा सेवा गर्ने ।
इ) सुरक्षा एवं मार्गदर्शन: वृद्धवृद्धा, असाह्य, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्दै व्यवस्था कायम राख्ने ।
ख) रक्तदान शिविर:
सन्त निरंकारी मिशन विश्वभरिमा रक्तदानको क्षेत्रमा एउटा अग्रणी संस्थाको रुोमा स्थापित हुन सफल भएको छ । त्यसैले "रगत नालीमा होइन, नाडीमा बगाउनुपर्छ" भन्ने बाबा हरदेव सिंह जीको यो सन्देशलाई साकार पार्दै सेवादलले वर्षभरि रक्तदान शिविरहरू आयोजना गर्ने गर्दछन् ।
यशंगै सेवादलहरू आफैँ रक्तदान गर्न अग्रसर रहँदै रक्तदान शिविरहरूको आयोजनामा सम्पूर्ण व्यवस्थापनको कार्य आफै सम्हाल्ने गर्दछन् ।
ग) आपत्कालीन व्यवस्थापन र राहत कार्य:
अ) बाढी, भूकम्प र महामारी: नेपाल-भारत वा अन्य विदेशी मुलुकहरुमा जब-जब कुनै प्राकृतिक प्रकोप आउँछ (जस्तै:- नेपालमा २०७२ को भुकम्प, २०८३ मा भोटेकोशीको बाढी, भारतको गुजरातको भूकम्प, उत्तराखण्डको बाढी, विश्वमा हडकम मचाएको कोभिड-१९ को महामारी लागयत विभिन्न समयमा दैवीप्रकोपका घटनाहरु), सेवादलका स्वयंसेवकहरू सबैभन्दा पहिले राहत सामग्री पुर्याउन, खाना खुवाउन र उद्धार कार्यमा जुट्दै आइरहेकाछन् ।
आ) कोभिड-१९ को समयमा योगदान: महामारीको समयमा देश विदेशमा रहेका विभिन्न निरंकारी सत्संगत भवनहरूलाई आइसोलेसन सेन्टर र खोप केन्द्रहरूमा परिणत गरिएको थियो र सेवा दलका सदस्यहरूले आफ्नो ज्यानको बाजी लगाएर खाध्द्यान्न तथा खानाका सामग्रीहरू वितरण गरेका थिए ।
घ) सरसफाइ तथा पर्यावरण संरक्षण अभियान:
अ) स्वच्छ भारत अभियान: निरंकारी सेवादलले समय-समयमा बसपार्क-बसस्टप, रेल स्टेसनहरू, अस्पतालहरू, नदी-नाला, घाट र तालहरू, पार्कहरू र सार्वजनिक स्थलहरूको सरसफाइका लागि विशाल सरसफाइ अभियान चलाईरहेको छ ।
आ) वृक्षारोपण: सेवादले निराकार प्रभुद्वार सृजीत प्रकृतीको अमूल्य वरदान वातावरणलाई संरक्षण र सम्वर्द्धन गर्नाकालागी पर्यावरण सन्तुलन राख्नका लागि लाखौँ लाखको संख्यामा बोट-बिरुवा रोप्ने र तिनको मानविए हेरचाह गर्ने कार्य गरिरहेको छ ।
६. सेवादलका नियम, अनुशासन र मर्यादा ?
सेवादलमा आबद्ध हुनु भनेको सम्मान र जिम्मेवारीको बोध मानिन्छ। यसका सदस्यहरूका लागि केही कडा नियमहरू निर्धारण गरिएका छन्:
क) समानताको दृष्टिकोण: सेवादलका सदस्यहरुले कुनै पनि व्यक्तिसँग उसको जात, धर्म, वर्ण, वर्ग वा भाषाको आधारमा भेदभाव गर्न पाईदैन् ।
ख) नम्रता र मीठो वाणी: सेवादलले सेवा गरीरहँदा प्रत्येक श्रद्धालु-अनुयायीहरुसँग हात जोडेर "धन्न निरंकार जी" (प्रभुप्रति कृतज्ञता व्यक्त गर्दै) भनेर कुरा गर्ने र नम्रता कायम राख्नु अनिवार्य हुन्छ।
ग) शारीरिक र मानसिक स्फूर्ति: सेवादलका सदस्यहरूकालागि नियमित रूपमा पी.टी., परेड र शारीरिक अभ्यासको आयोजना गरिन्छन्, किनभने तिनीहरू कुनै पनि आपत्कालीन परिस्थितिमा सेवा गर्न योग्य रहन सकुन् ।
घ) नशा मुक्ति र अभक्ष्य खानपान: निरंकारी मिशनका सिद्धान्तहरू अनुसार, सेवादलको कुनै पनि सदस्यले कुनै पनि प्रकारको नशालु पदार्थ र अभक्ष्य खानपानको सेवन गर्न पाईदैन् । सेवादल सधै नसालु पदार्थ र अभक्ष्य-मांसजन्य खानपानलाई प्रसय दिदैनन् । बरु यस्ता खाल पदार्थको सेवन नगर्न अरुलाई प्रोत्साहित गर्दछन् भने आफु सादा जीवन उच्च विचारको माध्यमबाट सात्विक भोजनलाई कायम गर्दै सधै समाजमा आफ्नो छुट्टै पहिचान कायम गर्न तल्लीन रहन्छन् ।
७. सेवादलको मानवीय तथा सामाजिक प्रभाव ?
आजको समयमा जहाँ समाजमा स्वार्थ र त्यसको व्यावसायिकता बढ्दै गएको छ, त्यहाँ सन्त निरंकारी सेवा दल नि:स्वार्थ सेवा (Selfless Service) को एक अनौठो उदाहरण प्रस्तुत गरीरहेको छ ।
क) युवाहरूलाई सहि दिशा: सेवा दलले युवाहरूको ऊर्जालाई सकारात्मक र रचनात्मक कार्यहरूमा लगाउँछ भने जसले गर्दा उनीहरू कुलत र अपराध जस्ता विकृतिहरूबाट टाढा रहनसकुन् ।
ख) भाइचाराको सन्देश: जब भिन्न-भिन्न पृष्ठभूमि, भाषा-भाषीहरू र जात-जातिका मानिसहरू एउटै पोशाक लगाएर काँधमा काँध मिलाएर सेवा गर्छन्, तब यसले विश्व बन्धुत्व र सामाजिक सद्भावको जग बलियो बनाई रहेको आभास महसुश गर्दछ ।
ग) प्रशासनको सहयोग: ठूला सार्वजनिक आयोजना वा प्राकृतिक प्रकोपको समयमा स्थानीय प्रशासन र प्रहरीले पनि सेवादलको अनुशासन र सहयोगमाथि पूर्ण भरोसा गर्ने गर्दछ र गरीरहेको छ । त्यसैले सेवादल त्यो विस्वास र भरोसालाई ख्याल गर्दै दिनप्रतीदिन आफुलाई अझ सशक्त र निस्वार्थ भावनाबाट प्रेरित भइरहेको पाईन्छ ।
८) निष्कर्ष
सन्त निरंकारी सेवा दल केवल एक स्वयंसेवक सङ्गठन मात्र होइन, बल्कि यो "मानवताको सेवा नै ईश्वरको पूजा हो" भन्ने विचारको एक जीवन्त प्रतीक हो । सन् १९५६ मा एउटा सानो समूहको रूपमा सुरु भएको यो दल आज देश विदेशमा गरि लाखौँ अनुशासित स्वयंसेवकहरूको एक अन्तराष्ट्रिय विशाल सञ्जाल बनिसकेको छ । वर्तमानमा निरंकारी मिशनका प्रमुख सद्गुरु माता सुदीक्षा जी महाराजको पवित्र आशीर्वाद र मार्गदर्शनमा सेवादलका सदस्यहरू विश्वभरि नि:स्वार्थ भाव, अनुशासन, नम्रता र प्रेमका साथ मानवताको कल्याणमा तल्लीन रहेकाछन् ।
धन निरंकार जी !