बुधबार, श्रावन २७, २०८३
/
किन अलपत्र छ, टीकापुर विमास्थल ?
२०८३ श्रावण २७
  अगुवा समाचार
कैलाली जिल्लाको दोस्रो ठुलो व्यापारीक केन्द्रका रुपमा रहेको टीकापुरमा अवस्थित विमान स्थल किन अलपत्र रुपमा गौचरणमा परीणत भएको छ ? भन्ने सवाल आजको समयमा प्राय सबै टीकापुर वासीहरुको रहेको पाइन्छ ।
पञ्चायत कालीन अवस्थामा निमाणाधीन टीकापुर विमान स्थल लामो समयसम्म सञ्चालनमा रहँदै आएको थियो । तर विडम्वना भन्नु नै पर्दछ बहुदल, लोकतन्त्र र गण्तन्त्रका नाममा अनेकानेक सरकारहरुले नेपालमा आफ्नो बर्चस्व कायम गरे तर टीकापुर विमानस्थललाई सञ्चालनको साटो गौचरणमा परीणत गर्न पुगे ? के यहि थियो त बहुदल, लोकतन्त्र र गणतन्त्रको मुख्य उदेश्य ? कदापी थिएन, किनभने तत्कालीन पञ्चायती व्यवस्थाले जनताहरुको चाहना अनुसार कार्य गर्न सकेन अब बहुदलवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरुले जनताहरुको चाहना अनुसार कार्य गर्नुपर्दछ भन्दै विभिन्न समयमा यो देशको सत्ता परीवर्तन नै गरेका थिए र छन् । 
तर के गर्नु ति बहुदलवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरु यो टीकापुर नगरीमा प्रसस्त रुपमा जताततै भेटीने गर्दछन् । ति सबैको सोचमा के टीकापुरको बन्द अवस्थामा रहेको विमानस्थल सुचारु गर्नुपर्दछ जनताहरुलाई सेवा सुविधा दिनुपर्दछ भन्ने सोच नरहेकै हो त ? जनताहरुले यहि र यस्तै खाले सवाल उठाइ रहेकाछन् ।
यदि साच्चिीकै रुपमा बहुदलवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरुले जनताको सवाललाई उठान गरेर राज्य सत्तामा पुगेकाहुन भने अझै समय छ तत्काल टीकापुर विमान स्थललाई सुचारु गरेर जनताहरुको चाहनालाई पुरा गर्ने होकी ? (अगुवा सन्देशबाट) 
 
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल