परिश्रम गरेर उठेको मान्छे हु म,
त्यसको पीडा कस्तोहुन्छ थाहा छ,
मलाई आकाश भन्दा पनी
धर्तीको मोल कति हो थाहा छ ।
आफ्नै अस्तित्व भएको लचिलो रूख थियो
उसले आँधीबेहरीको सामना गथ्र्यो,
मलाई त्यो रुखमा भएको
गर्व, निडरता र त्यसको भाग्य थाहा छ।
सानो बाट ठुलो बन्न सजिलो छैन
जिन्दगीमा धैर्यताको महत्व,
कस्तो र कतिहुन्छ भन्ने
त्यसको महत्व मलाई थाहा छ ।
परिश्रम बढेपछि मनुष्यहरुमा
भाग्यको वकालत पनि बढ्दै जान्छ,
अल्सरमा लुकेका ती रेखाको प्रभाव
कति र कसरी बढ्छ मलाई थाहा छ ।
केही भेटियो जिवनमा सन्तुष्ट भए
केही खोजेपनि स्वीकार गरिन,
किनकी म मेरो अन्तिम गन्तव्य
माटोको घर हो मलाई थाहा छ ।
बिना कारणपनि मुस्कुराउछु म
आधा शत्रुलाई त्यसरी नै हराउछु म,
जल्ने जल्दै गरून् मेरो प्रगतीमा
मेरो अन्तिम गण्तव्य मलाई थाहा छ ।