बुधबार, कार्तिक २६, २०८३
/
सन्त निरंकारी मिसनमा ज्ञान प्रचारक र प्रचारकको के महत्त्व छ ?
२५ कार्तिक २०८३
  माण्डव्य हेमन्त
"सन्त निरंकारी मिसन कुनै धर्म या सम्प्रदाय नभई एक आध्यात्मिक विचारधार हो !" अर्थात सन्त निरंकारी मिसन एक वैश्विक आध्यात्मिक विचार-क्रान्ति र मानव कल्याणकारी संस्था हो, जसको मूल ध्येय "ज्ञानरुपी ईश्वर (निरंकार) को पहिचान" गराएर सम्पूर्ण मानवलाई प्रेम, नम्रता, भ्रातृत्व र एकताको सूत्रमा बाँध्नु हो । निरंकारी मिसनको दृढ विश्वास छ कि जबसम्म मनुष्यले निराकार ब्रह्म (निरंकार) को प्रत्यक्ष अनुभूति गर्दैन, तबसम्म उसको जीवनबाट भ्रम, भय, घृणा र सङ्कीर्णताको अन्त हुन सक्दैन् ।
​निरंकारी मिसनको यो आध्यात्मिक यात्रा र यसका सिद्धान्तहरूलाई जन-जनसम्म पुर्‍याउन 'ज्ञान प्रचारक' र 'प्रचारक' को भूमिका अत्यन्त महत्त्वपूर्ण, पवित्र र केन्द्रीकृत हुनेगर्दछ । उनीहरू केवल संस्थागत प्रतिनिधि मात्र होइनन्, बल्कि निरंकारी मिसनको जीवनशैली, विचारधारा र आध्यात्मिक ज्योतिको प्रत्यक्ष बाहक समेत हुन् ।
​यहाँ सन्त निरंकारी मिसनका सिद्धान्तहरूको प्रकाशमा ज्ञान प्रचारक र प्रचारकको महत्त्व, उनीहरूको भूमिका, उत्तरदायित्व र प्रभावमाथि एक विस्तृत एवम् व्याख्यात्मक टिप्पणी प्रस्तुत गरिएको छ । तसर्थ यसलेखलाई मिसनका दस्तावेजहरुको माध्यमबाट तयार पारिएको छ ! यतिहुँदाहुदैपनी कहिकतै त्रुटि हुनगएको छ भने क्षमागर्दै जानकारहरुले स्वयम् त्रुटीलाई सच्याएर यसलेखको भाव र मर्मलाई बुझ्नुहुनेछ भन्ने विस्वास लिइएको छ ।
​१. सन्त निरंकारी मिसनको मूल सिद्धान्त र प्रचारक व्यवस्था
​निरंकारी मिसनको मुख्य आधार यस्तो रहेको पाइन्छ कि "ईश्वर एक छ, सर्वव्यापी छ र यसलाई सद्गुरुको कृपाले जीवनमा तत्काल, केही क्षणमा अनुभुती गर्न सकिन्छ।" मिसन कुनै पनि कर्मकाण्ड, बाहिरी भेषभूषा, जाति, धर्म वा खानपानको भेदभावलाई मान्दैन ।
​यस वैश्वीकृत र आधुनिक युगमा ब्रह्मज्ञानको सन्देश फैलाउन एक अनुशासित, समर्पित र आत्म-ज्ञानी प्रचारकको व्यवस्थापकिय पक्षको आवश्यकता हुन्छ । मिसनमा सद्गुरु स्वयम् मार्गदशन गर्नुहुन्छ र उहाँको आशीर्वाद तथा आदेशबाट 'ज्ञान प्रचारक' र 'प्रचारक' समाजका विभिन्न भुभागहरूमा गएर सद्गुरुको सन्देश सम्प्रेषित गर्नेगर्दछन् ।
​२. ज्ञान प्रचारक र प्रचारक: परिभाषा एवम् स्वरूप
​यद्यपि निरंकारी मिसनमा सेवाको भाव सर्वोपरी छ र प्रत्येक निरंकारी महात्मा आफैँमा एक प्रचारक हुन्छन्, तथापि संस्थागत एवम् प्रशासनिक रूपमा प्रचारकहरूलाई दुई प्रमुख श्रेणीमा लिने गरिन्छ:
(क) ज्ञान प्रचारक:- ज्ञान प्रचारक ती समर्पित सन्त हुन्, जसले सद्गुरुद्वारा 'ब्रह्मज्ञान प्रदान गर्ने' प्रकृयाको विशेष अधिकार प्राप्त हुन्छ ।
अ) मूल कार्य:- जब कोही जिज्ञासु ईश्वरलाई जान्ने तीव्र इच्छा लिएर मिसनमा आउँछ, तब ज्ञान प्रचारक सद्गुरुको प्रतिनिधिको रूपमा त्यो आत्मालाई ब्रह्मज्ञानको पाँच अनुभूतिको (पाँच प्रण) माध्यमबाट निरंकार (परमात्मा) को साक्षात् बोध गराउँछन् ।
आ) आध्यात्मिक स्थान:- ज्ञान प्रचारकको पद कुनै अहङ्कार वा पदोन्नतिप्रतिको प्रतीक होइन, बल्कि यो नम्रता, जिम्मेवारी र निरअहङ्कारिताको अत्यन्त सूक्ष्म पद हो ।
(ख) प्रचारक:- प्रचारक ती सन्त हुन् जसले निरंकारी मिसनका विचारहरू, सिद्धान्तहरू, सद्गुरुका विचारहरू र मानवीय मूल्यहरूको विस्तार सत्संग, समागम र जनसञ्चार माध्यमहरूद्वारा निरन्तर रुपमा प्रेषित गर्ने गर्छन् ।
अ) मूल कार्य:- उनीहरू ठाउँ-ठाउँमा गएर सत्संग सञ्चालन गर्छन्, प्रवचन दिन्छन्, मिसनको विचारधारालाई सरल भाषामा जनसाधारणका समक्ष राख्छन् र समाजमा रहेका भ्रान्तिहरूलाई दूर गर्न गराउने कार्यमा तल्लीन रहने गर्दछन् ।
आ) प्रेरणा स्रोत:- उनीहरूको मुख्य लक्ष्य जन-जनको मनमा ब्रह्मज्ञान प्राप्त गर्ने जिज्ञासा जगाउनु र ज्ञान प्राप्त सन्तहरूलाई निरंकारको अहसासमा सुदृढ राख्नु हो भने अहंकार र घमण्ड रहित तरिकाले समाजमा निरन्तर रुपमा निरंकारी मिसनको मुल मर्म र सिद्धान्तलाई अंगीकार गरिरहनु हो ।
​३. सन्त निरंकारी मिसनमा ज्ञान प्रचारक र प्रचारकको महत्त्व
(क) ब्रह्मज्ञानको सञ्चरण:- निरंकारी मिसनको प्राणतत्त्व 'ब्रह्मज्ञान' हो । ज्ञान प्रचारकको सबैभन्दा ठूलो महत्त्व यो हो कि उनले सद्गुरु र जिज्ञासुबीच एक पवित्र सेतू को काम गर्दछन् । निरंकारी सिद्धान्तअनुसार ईश्वरलाई कुराबाट वा किताबबाट जान्न सकिंदैन, यसका लागि 'अप्रत्यक्षलाई प्रत्यक्ष' हेर्नुपर्छ । ज्ञान प्रचारक अत्यन्त नम्रतापूर्वक, सद्गुरुतर्फबाट दिएका निर्देशनहरूको पालना गर्दै, जिज्ञासुलाई पाँच प्रणको मर्यादामा बाँधेर निराकार प्रभुको अनुभुती गराउँछन् । यदि ज्ञान प्रचारक नभएका भए, सद्गुरुको यो पावन सन्देश र ब्रह्मज्ञान दिने प्रक्रिया व्यापक स्तरमा जन-जनसम्म सहजताका साथ पुग्न सक्दैनथ्यो ।
(ख) सत्संगको विचारधाराको पवित्रता र निरन्तरता कायम राख्नु:- निरंकारी मिसनमा 'सत्संग' को अत्यधिक महत्त्व छ । प्रचारक र ज्ञान प्रचारकले सत्संगमा गएर निरंकारी सिद्धान्त अनुसार विचार व्यक्त गर्ने गर्दछन् ।
उनीहरू यो सुनिश्चित गर्छन् कि विचारहरू केवल र केवल निरंकारको महिमा, सद्गुरुको कृपा, सेवा, सुमिरन र सत्संगमा मात्र आधारित होऊन् ।
अ) उनीहरू कुनै पनि राजनीतिक, सामाजिक विवाद वा अन्य धर्म/सम्प्रदायको निन्दाबाट सत्संगको मञ्चलाई टाढा राख्दछन् ।
आ) उनीहरूको महत्त्व यस कुरामा छ कि उनीहरू निरंकारी विचारधाराको "शुद्ध अध्यात्म" लाई युगौंदेखि एकसमान र अविकृत बनाए राख्दछन् ।
(ग) मानव एकता र विश्व-बन्धुत्वको प्रतीक:- निरंकारी मिसनको नारा हो: "सबको जोडो, तोडो किसी को नहीं" र "Wallless World" (वाररहित संसार) । प्रचारक र ज्ञान प्रचारक जब विभिन्न देश, राज्य, जाति र भाषाहरूमा जान्छन्, तब उनीहरू आफैं यस एकताको उदाहरण प्रस्तुत गर्दछन् । उनीहरू समाजमा फैलिएका जातिगत, धार्मिक र क्षेत्रीय पर्खालहरू भत्काउनमा अफ्नो अहम् भूमिका निभाउँदछन् । उनीहरूको माध्यमबाट मानिसहरूले यो सिक्ने अवसर पाउछन कि हामी सबै एउटै ईश्वर (निरंकार) का सन्तान हौं, त्यसैले पूरा संसार एक परिवार हो ।
(घ) भ्रम र अन्धविश्वासको निवारण:- आजको सयमा मानव अनेक प्रकारका भ्रमहरू, अन्धविश्वासहरू, कर्मकाण्डहरू र ज्योतिषीय भयमा अल्झिएको छ । ज्ञान प्रचारक र प्रचारकले निरंकारी सिद्धान्तहरूको प्रकाशमा आम मानवलाई यस कुराको विस्वास दिलाउछन कि "जब ईश्वर सर्वव्यापक र कण-कणमा विद्यमान छ, तब कुनै विशेष दिशा, दिन, समय वा कर्मकाण्डबाट डराउनुपर्ने आवश्यकता छैन ।" उनीहरू मानिसहरूलाई अन्धविश्वासको अन्धकारबाट बाहिर निकालेर ज्ञानको प्रकाशमा ल्याउँछन् र उनीहरूको जीवन सहज, सरल र निडर बनाउँन पहलकदमी कर्दछन् ।
(ङ) साधकको आध्यात्मिक जीवनलाई सुदृढ बनाउनु:- केवल ज्ञान प्राप्त गर्नु मात्र पर्याप्त होइन्, त्यो ज्ञानमा टिकिरहनु र जीवनमा उतार्नु सक्नु वास्तविक चुनौती हुनजान्छ ।
त्यसैले, प्रचारकहरू निरन्तर सत्संगको माध्यमबाट अनुयायीहरूलाई सदैव निरंकारी मिसनका तीन स्तम्भहरू: सेवा, सुमिरन र सत्संगको स्मरण गराइरहन्छन् ।
उनीहरू निरंकारी अनुयायीहरूको जीवनमा आउने व्यवहारिक समस्याहरू, शंकाहरू र मानसिक दुविधाहरूलाई आध्यात्मिक तौरतरिकाले सद्गुरुको वाणी मार्फत समाधानको मार्ग प्रस्तुत गर्दछन् ।
​४. निरंकारी सिद्धान्तअनुसार प्रचारक र ज्ञान प्रचारकका विशेषता एवम् मर्यादाहरू
​"निरंकारी मिसनमा कुनै प्रचारक वा ज्ञान प्रचारकको महत्तो उसको प्रवचन कौशल वा भाषा शैलीबाट होइन, बल्कि उसको आचरण बाट मापिन्छ ।"
निरंकारी सिद्धान्तअनुसार ज्ञान प्रचारक वा प्रचारकमा निम्नलिखित गुणहरू हुनु अनिवार्य रहेकाछन्:
(क) निरअहंकारिता र नम्रता:- निरंकारी सिद्धान्तले भन्दछ कि ज्ञान दिने 'कर्ता' आफुलाई नमानेर ज्ञानप्रचारक केवल निरंकार र सद्गुरुलाई कर्ता मान्दै सतगुरुको आदेशानुसार आफ्नो मानव शरिरको माध्यमबाट कृयाशिल रहन्छ ।
ज्ञान प्रचारकले कहिल्यै यो दाबी गर्दैन कि "मैले ज्ञान दिएँ"। ऊ सधैं यही भाव राख्छ कि "ज्ञान त सद्गुरुको हो, म त केवल एउटा माध्यम वा निमित्त पात्र मात्र हुँ ।"
प्रचारकको मनमा यदि 'म महान वक्ता हुँ' भन्ने अहङ्कार आयो भने, उसको प्रचार निष्फल हुन्छ । त्यसैले उनीहरूको महत्त्व उनीहरूको परम नम्रता र चरण-धूलि बन्ने भावनामा निहित हुन्छ ।
(ख) कथनी र करनीको एकरूपता:- सन्त निरंकारी मिसनको सिद्धान्त अनुसार, "प्रचार केवल मीठो मसिनो बोलेर मात्र होइन, बल्कि आफ्नो जीवनको आचरणबाट गरिनुपर्छ।" यदि कुनै प्रचारक मञ्चमा प्रेम र नम्रताको उपदेश दिन्छ, तर आफ्नो व्यक्तिगत जीवन, परिवार वा समाजमा कठोर, क्रोधी र स्वार्थी छ भने, निरंकारी सिद्धान्तले उसलाई सही-सत्य प्रचारक मान्दैन । सही र सत्य ज्ञान प्रचारक त्यो हो जसको गृहस्थ जीवन, वाणी, व्यवहार र कर्म अरुका लागि प्रेरणाको स्रोत बन्ने गर्दछ ।
(ग) मिसनका पाँच प्रणमा दृढता:- ज्ञान प्रचारक र प्रचारक आफैं निरंकारी मिसनका पाँचवटै प्रणको कडा पालना गर्छन्:
१) तन, मन, धनको स्वामी निरंकारलाई मान्ने  र अहङ्कारबाट टाढा रहने ।
२) जाति, वर्ण, धर्म र देशको अभिमान नगर्ने ।
३) खानपान, पहिरन वा भेषभूषाको आधारमा कसैप्रति घृणा नगर्ने ।
४) गृहस्थ जीवनको त्याग नगरिकन आफ्नो कर्तव्य निर्वाहगर्दै निरंकारसँग जोडिरहने ।
५) सद्गुरुको आज्ञाबिना ज्ञानको खुलासा अरु कसैको सामु नगर्ने ।
​५. ज्ञान प्रचारकको विशिष्ट प्रक्रियात्मक भूमिका
​निरंकारी मिसनमा ज्ञान दीने प्रक्रिया अत्यन्त पवित्र र मर्यादित रहेको छ । जब ज्ञान प्रचारकले कुनै जिज्ञासुलाई ब्रह्मज्ञान प्रदान गर्छन्, तब उसको भूमिका केवल शब्द बोल्नमा मात्र सीमित हुँदैन:
क) जिज्ञासुको क्षमता हेर्नु:- ज्ञान प्रचारकले पहिले यो हेर्छ कि जिज्ञासुको मनमा ईश्वरलाई जान्ने साँचो तिर्सना, क्षमता, योज्ञता र दक्षता छ वा ऊ केवल तर्क-वितर्क वा परीक्षा लिन आएको हो ।
ख) समर्पण भाव जगाउनु:- ज्ञानप्रचारकले जिज्ञासुहरुलाई यो बुझाउँछ कि ब्रह्मज्ञान प्राप्त गर्नका लागि आफ्ना चतुराइँ र अहङ्कारलाई छोडेर मनलाई निर्मल गरेर आउनुपर्दछ ।
ग) निरंकारको साक्षात् अहसास गराउनु:- पाँच प्रणका माध्यमबाट उसले यस अदृश्य, निराकार, सर्वव्यापी परमपिता परमात्माको अनुभुती, बोध या महसुसको रुपमा आँखा अगाडि दर्शन गराउँछन् ।
घ) सद्गुरुसँग जोड्नु:- ज्ञान प्रचारकले जिज्ञासुहरुलाई आफ्नो व्यक्तिगत व्यक्तित्वसँग जोड्दैन, बल्कि सीधा सद्गुरु र निरंकारसँग जोड्छन् । उसले स्पष्ट पार्छ कि पूजनीय केवल निरंकार र सद्गुरुको ज्ञान हो, न कि ज्ञान दिने व्यक्ति या शरीर ।
६. सामाजिक एवं वैश्विक सन्दर्भमा प्रचारकहरूको महत्त्व
​आजको विश्व-संसार हिंसा, घृणा, साम्प्रदायिक तनाव, उदासिनता, निरासा र खिन्नतासँग जुधिरहेको छ । यस्तो समयमा सन्त निरंकारी मिसनका ज्ञान प्रचारक र प्रचारकहरुले समाजमा एक आध्यात्मिक चिकित्सकको भूमिका निर्वाह ग्ने गर्दछन् ।
(क) विश्व शान्तिको निर्माण:- निरंकारी मिसनको मान्यता छ कि "एकलाई जान, एकलाई मान, एक भैहाल ।" जब प्रचारकहरू विश्वका अलग-अलग भागहरूमा चाहे त्यो नेपाल, भारत, अमेरिका, युरोप, अफ्रिका वा एसिया नै किन नहोस, त्यहाँ निरंकारी सन्देशलाई पुर्‍याउँछन्, तब उनीहरू त्यहाँ विविधतामा एकताको निर्माण गर्नेगर्दछन् । उनीहरू तत् तत् ठाउँमारहेका मानवप्राणीहरूलाई जानकारी गराउदछन् कि हाम्रो बाहिरी पहिरन, संस्कृति र भाषा फरक हुन सक्छ, तर हाम्रो भित्रीरुपमा चलायमान भइरहने आत्मा र हाम्रो सिर्जनहार एउटै निरंकार हो।।
(ख) निस्वार्थ समाज सेवा:- निरंकारी प्रचारकहरू केवल मञ्चमा प्रवचन मात्र दिँदैनन्, उनीहरू निरंकारी सेवादल र समाज कल्याणकारी गतिविधिहरू जस्तै:- बृहत रक्तदान शिविर, वृक्षारोपण, सरसफाइ अभियान, प्राकृतिक विपत्तिमा राहत कार्यका लागि प्रेरणाका स्रोत बन्ने गर्दछन् । उनीहरू निरंकारी अनुयायीहरूलाई सिकाउँछन् कि "मानव सेवा गर्नु नै ईस्वरको पूजा गर्नु हो" ।
​७. निष्कर्ष
​सन्त निरंकारी मिसनका सिद्धान्तहरूको गहिरो अध्ययनबाट यो स्पष्ट हुन्छ कि ज्ञान प्रचारक र प्रचारक मिसनका मेरुदण्ड हुन् ।
​उनीहरूको महत्त्व यस कुरामा छैन कि उनीहरूसँग कुनै प्रशासनिक अधिकार छ, तर यस कुरामा छ कि उनीहरू सद्गुरुको प्रेम, ज्ञान, दया र करुणाको प्रकाशलाई दुनियाँको अन्तिम व्यक्तिसम्म पुर्‍याउने माध्यम हुन् ।
​ज्ञान प्रचारकले जहाँ एक आत्मालाई परमात्मासँग मिलाएर उसको आध्यात्मिक पुनर्जन्म गराउँछ, त्यहीं प्रचारकले त्यो आत्मालाई भक्तिको मार्गमा निरन्तर हिँडाइराख्नका लागि सत्संग र विचारहरूको सञ्जीवनी प्रदान गर्ने गर्दछन् ।
​निरंकारी सिद्धान्तअनुसार:
​"प्रचारक त्यो होइन जसले केवल शब्दबाणीबाट सत्य भनोस्, प्रचारक त्यो हो जसको सम्पूर्ण जीवन नै सत्यको प्रत्यक्ष प्रमाण बन्नसकोस !"
​तसर्थ, "सन्त निरंकारी मिसनमा ज्ञान प्रचारक र प्रचारकको पद एक महान दायित्व, निरअहंकारिता, निष्काम सेवा र सद्गुरुप्रतिको पूर्ण समर्पणको प्रतीक हो !"
"ज्ञानप्रचारक र प्रचारकले आफनो आचरण, विचरण र आहारलाई सन्तुलीत रुपमा राख्दै सात्विक भोजनको माध्यमबाट आफ्नो मानव शरिरलाई निष्कलंकित रुपमा ढालेर एक उदाहरणीय स्वरुपलाई स्थापित गर्दै यस विश्वलाई सुन्दर, शान्त र प्रेममय बनाउनमा आफ्नो अमूल्य योगदान दिइरहेका हुन्छन् ।"
​
धन निरंकार जी !
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल