बुधबार, माघ २९, २०८२
/
परमात्माको दर्शन गराउने मिशनः सन्त निरंकारी मिशन
२४ माघ २०८२
  राजन उपाध्याय रेग्मी
मानव सभ्यताको सुरुदेखि नै मानिसले परम सत्यको खोजी गर्दै आएको छ । म को हुँ ? जीवनको वास्तविक अर्थ के हो ? यस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा अनेक दर्शन र मार्गहरूको विकास भयो । तीमध्ये सन्त निरंकारी मिशन एक विशुद्द आध्यात्मिक विचारधारा हो, जसले मानिसलाई प्रत्यक्ष रूपमा परमात्माको साक्षात्कार गर्ने मार्ग देखाउँछ, परमात्माको बोध गराउंछ र समग्र रुपमा मानव जीवन समेत सार्थक बनाउंन मार्गहरु प्रसस्त गर्दछ ।
सन्त निरंकारी मिशनको मुख्य लक्ष्य परमात्मा निरंकारको दर्शन हो । “निरंकार” भन्नाले आकाररहित, सर्वव्यापी र अनन्त परमात्मालाई जनाउँछ । यो मिशनले परमात्मा कुनै सीमित बस्तु वा स्थानमा मात्र नभई परमात्मा अङ्सङ्गमा बिराजमान छ भन्ने शिक्षा दिन्छ । त्यसैले परमात्मालाई खोज्न बाहिर होइन, आफ्नो भित्री चेतनामा प्रवेश गर्न आवश्यक छ र त्यो जागृत अवस्था समयको सद्गुरुको कृपाले ब्रह्ज्ञान मार्फत मात्र सम्भव छ  र यो ज्ञान केवल सुन्ने वा पढ्ने विषय नभई दर्शनाभूति गर्ने, शाश्वतलाई जान्ने विषय हो। जब मानवले ब्रह्मज्ञान प्राप्त गर्दछ तब सोच,चाल, व्यवहार र जीवनशैलीमा सकारात्मक परिवर्तन आएर नम्रभाव, सेवाभाव, भक्तिभाव, प्रेमाभाव साथै श्रद्दाभावको को सिर्जना हुने गर्दछ ।
सन्त निरंकारी मिशन कुनै एक धर्म, जाति वा समुदायमा सीमित छैन । मिशनले सबै मानिस बराबर हुन् भन्ने मान्यता राख्छ, मानिसलाई विभाजन होइन, एकत्वको सूत्रमा बाँध्न उत्प्रेरणा प्रदान गर्दछ । “विश्व बन्धुत्व” अर्थात् सम्पूर्ण मानव जाति एउटै परिवार हो भन्ने भावना यसको केन्द्रमा रहेको छ । मिशनले आध्यात्मिक उन्नतिसँगै सामाजिक उत्तरदायित्वलाई पनि अत्यन्त महत्व दिन्छ । वातावरण संरक्षण, रक्तदान, स्वच्छता अभियान, निःशुल्क चिकित्सा सेवा, विपद् व्यवस्थापन जस्ता गतिविधिहरू मार्फत मिशनले समाजप्रति आफ्नो कर्तव्य पूरा गर्दै आएको छ । मुख्यतया, सन्त निरंकारी मिशन परमात्माको साक्षात्कार गराई मानवलाई आत्ममंथन, प्रेम, करुणा, मानवता, बिशालता, समदृस्टी र सहअस्तित्वको बाटो देखाउँदै शान्तिपूर्ण र सार्थकपुर्ण जीवन जिउन प्रेरित गर्दछ । यसर्थ बास्तवमा भन्नुपर्दा समग्र मानव जातीको लागी नै मिशनको यो सबैभन्दा ठूलो उपलब्धि एवं योगदान हो ।
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल