“वास्तविक जागृति तब मात्र आउँछ, जब मनुष्यले हर पल परमात्माको उपस्थितिको अनुभूति गर्दै आध्यात्मिकतालाई आफ्नो जीवनमा धारण गर्दछ।” उक्त प्रेरणादायी उद्गार सतगुरु माता सुदीक्षा जी महाराजले ७९औँ वार्षिक निरंकारी सन्त समागमको प्रथम दिवसका दिन ‘मानवताको नाम सन्देश’ मा व्यक्त गर्नुभएको थियो ।
२३ देखि २६ अक्टोबर २०२६ तदनुसार २०८३ कात्तिक ६ गतेदेखि ९ गतेसम्म आयोजित यस चार दिवसीय सन्त समागमको शुभारम्भ परम श्रद्धेय सतगुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको पावन छत्रछायामा श्रद्धा र आध्यात्मिक उल्लासका साथ सम्पन्न भएको छ । यस अवसरमा देश-विदेशबाट लाखौँ श्रद्धालु भक्तहरू सम्मिलित भई सतगुरुको दिव्य दर्शन एवं पावन सन्देशको लाभ प्राप्त गरिरहेका छन् ।
सन्त समागमको प्रथम दिवस ‘मानवताको नाम सन्देश’ मा सतगुरु माता सुदीक्षा जी महाराजले देश-विदेशका सन्त-महापुरुषहरू एकत्र हुनुको मूल उद्देश्य मानव मनमा आध्यात्मिक जागृति बनाइराख्नु हो, ताकि जीवनको प्रत्येक पललाई पूर्ण चेतना र परमात्माको अनुभूतिका साथ जिउन सकियोस् भनि बताउनुभयो ।
सतगुरु माता जीले प्रत्येक व्यक्तिले आफ्नो घर, परिवार, समाज र देशप्रति आफ्नो कर्तव्य एवं जिम्मेवारीहरूको निष्ठापूर्वक निर्वाह गर्दै एक जागरूक वैश्विक नागरिक बन्नुपर्छ भनि सम्झाउनुभयो । उहाँले अगाडि भन्नुभयो, जाति-पाति, भाषा, क्षेत्र अथवा स्वभावको अन्तरभन्दा माथि उठेर प्रत्येक मानिसलाई प्रेम, सम्मान र अपनत्वको भावले स्वीकार गर्नु नै सच्चा आध्यात्मिकता हो ।
सतगुरु माता जीले वास्तविक आध्यात्मिक जागृति विचार वा देखावटीपनमा मात्र सीमित हुँदैन, बल्कि हाम्रो व्यवहार, आचरण र सामाजिक कर्तव्यहरूमा पनि प्रकट हुनुपर्छ । यो जागृति कुनै एक क्षण वा अवसरको कुरा होइन, बल्कि जीवनभर बनाइराख्ने भाव हो । परिस्थितिहरू जस्तै भए पनि, परमात्माको इच्छालाई स्वीकार गर्दै प्रत्येक पललाई उहाँकै प्रसादका रुपमा प्रसन्नता, सन्तोष र कृतज्ञताका साथ जिउनु नै सच्चा आध्यात्मिकता हो भनि बताउनुभयो ।
समागम स्थलमा सत्गुरु माता सुदीक्षा जी महाराजको स्वागत सन्त निरंकारी मण्डलका जनरल सेक्रेटरी श्री सुखदेव सिंह जीले पुष्पगुच्छा भेट गरेर तथा मण्डलकी प्रधान श्रीमती राजकुमारी जीले पुष्पहार अर्पण गरेर गर्नुभयो भने त्यसैगरी, निरंकारी राजपिता रमित जीको अभिनन्दन श्री एस. एल. गर्गले पुष्पगुच्छा भेट गरेर तथा श्री एच. एस. छाबडाले पुष्पहार पहिराएर गर्नुभयो ।
त्यसपछि, सत्गुरु माता जी तथा निरंकारी राजपिता जीलाई फूलहरूले सुसज्जित खुला पालकीमा विराजमान गराई भव्य शोभायात्राका रुपमा समागम पण्डालको मध्य भागबाट मुख्य मञ्चसम्म लगियो । यस अवसरमा निरंकारी इन्स्टिच्युट अफ म्युजिक एन्ड आर्ट्स (NIMA) का ६०० भन्दा बढी विद्यार्थीहरूले भरतनाट्यम् तथा मधुर स्वागत गीतको प्रस्तुतिमार्फत दिव्य युगलको भावपूर्ण अभिनन्दन गरेका थिए ।
सत्गुरु माता जी तथा निरंकारी राजपिता जीको पावन सामीप्य प्राप्त गरेर श्रद्धालु भक्तहरू भावविभोर भएका थिए । दिव्य युगल जोडीले आफ्नो स्नेहपूर्ण आशीर्वादले सबैलाई कृतार्थ गर्नुभएको थियो । सम्पूर्ण वातावरण प्रेमाभक्ति र आध्यात्मिक आनन्दले उक्त क्षेत्र सरोबर मय ने भएको देखिन्थ्यो ।
आजको कार्यक्रममा विभिन्न संस्कृति, जाति, धर्म र भाषाहरूमा आवद्ध श्रद्धालुहरू सबै भेदभावभन्दा माथि उठेर प्रेम र मानव-एकताको सूत्रमा बाँधिएकाे मनोरम दृष्य देखिएको थियो । यो मनोहरम दृश्यले सत्गुरुको प्रेम, सद्भाव र विश्वबन्धुत्वको सन्देशलाई साकार पारिरहेको थियो ।
आजको कार्यक्रममा नेपालबाट ७९औं सन्तसमागमामा करिब ४ हजार भन्दा बढी अनुयायिहरुले सहभागिता जनाएको वताइएको छ भने तेस्रो मुलकहरुबाट करिव ३ हजार भन्दा बढी अनुयायिहरुले सहभागिता जाएको बताइएको छ ।
आज बिहान 'मानवताको नाम सन्देश' कार्यक्रमको शुभारम्भ हुनुअघि एउटा विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जसमा नेपाल लगायत भारतका विभिन्न ठाउँहरूबाट आएका मिडियाकर्मी तथा पत्रकारहरूले सहभागिता जनाउँदै निरंकारी सन्त समागमको आयोजना, यसको आध्यात्मिक विचारधारा, उद्देश्यहरू एवं जनकल्याणकारी सन्देशका सम्बन्धमा विस्तृत जानकारी प्राप्त गरेका थिए ।
निःसन्देह, ७७औँ वार्षिक निरंकारी सन्त समागमको यो पहिलो दिन आध्यात्मिक जागृति, मानवता, सेवा र विश्वबन्धुत्वको भावनामा समर्पित रहेको पाइयो ।