बिहिवार, कार्तिक ६, २०८३
/
७९औं निरंकारी सन्तसमागममा ४ हजार भन्दा बढी नेपालीले सहभागिता जनाउने
४ कार्तिक २०८३
  हेनुका माण्डव्य
आध्यात्मिक संस्था सन्त निरंकारी मण्डलको आयोजनामा भारतको हरियाणामा हुन गइरहेको ७९औँ सन्तसमागममा सहभागी हुन नेपालबाट करीब ४ हजार भन्दा बढीको संख्यामा मिसनका अनुयायिहरुको उपस्थिती रहने जनाइएको छ।
​उक्त कुरालाई सन्त निरंकारी मण्डलका नेपाल स्थित अध्यक्ष नर बहादुर रावलले अगुआ सन्देशसंगको कुराकानीमा बताएका छन् । अध्यक्ष रावलले संस्थासंग आधिकारीक रुपमा २ हजार जनाको रेकर्ड भएको र अन्य २ हजार भन्दा बढीको संख्यामा निरंकारी मिसनका अनुयायिहरु आ-आफ्नो तरीकाले समागममा सहभागिता जनाइरहेको कुरा बताएका छन् । यसै सन्दर्भमा अध्यक्ष रावलले यसपाली समागमको अवसरमा बडादशैं परेको, धानबालीलाई घर भित्र्याउनलागेका र बेमौसमी प्रतिकुलता भएकाले धेरैजसो मिसनका अनुयायिहरुले समागममा सहभागिता जनाउन नसकेको समेत बताएका छन् ।
​अध्यक्ष रावलले मिसनका सेवादलहरु आश्विन ३१ गते नै समागम स्थलकालागी हिडीसकेको र आफु कात्तिक ३ गते उक्त स्थलमा जाने बताउदै अन्य अनुयायिहरु कात्तिक ४ गते टीका जमरा लगाएर जाने कुराको जानकारी गराएका छन् ।
​उनले समागममा जाने सबै श्रद्धालुहरुलाई सिमावर्ति क्षेत्रको परस्थिती जटील भएकाले कुनैकिसिमका किनमेलका कार्य नगर्न र आफुलाई चाहीने सरसामान घरबाट नै लग्न समेत सुझाव दिएका छन् । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल