बिहिवार, कार्तिक ६, २०८३
/
७९औं अन्तराष्ट्रिय सन्तसमागमकालागी माण्डव्य सहित टोली भारत प्रस्थान
४ कार्तिक २०८३
  हेमलम्व माण्डव्य
आज नेपालका हरेक जिल्ला र क्षेत्रहरुबाट हजारौं हजारको संख्यामा भारतको हरियाणा अन्तरगत समालखामा सन्त निरंकारी मण्डलको ७९औं अन्तराष्ट्रिय सन्तसमागममा सहभागिताकोलागी निरंकारी अनुयायि तथा सुभचिन्तकहरु प्रस्थान गरेकाछन् ।
यसै सन्दर्भमा कैलाली जिल्लाको टीकापुरबाट सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष तथा प्रमुख नरबहादुर रावल ज्यूको टोली हिजो कार्तिक ३ गते बिहान त्यस तर्फ परस्थान गर्नुभएको थियो भने आज निरंकारी अनुयायी तथा सुभचिन्तकहरुले उक्त स्थानकालगी प्रस्थान गरेकाछन् ।
टीकापुरबाट सन्त निरंकार मिसनका मिडिया प्रतिनिधि तथा अगुवा अनलाईनका सञ्चालक/समाचार संयोजक हेमन्त माण्डव्यको टोली समागम स्तयल तर्फ प्रस्थान गरेको छ ।
मिडिया प्रतिनिधि माण्डव्यको नेतृत्वमा नैन शिंह ओड, रंग शिंह लगायतका व्यक्तिहरु रहेकाछन भने यसै टोलीमा टीकापुर क्षेत्रका चितपरिचित समाजसेवी जगदिश्वर पण्डित, इन्जिनियर शुलभ सर्मा लगायत गैर निरंकारीहरु ७९औं अन्तराष्ट्रिय सन्तसमागममा सहभागी हुनकालागी आज दिउँसो समालखाको लागि प्रस्थान गरेकाछन् । यो समाचार तयार पारुन्जेज माण्डव्य ज्यु को नेतृत्वमा रहेको टोली भारत उत्तरप्रदेशको सहजानपुर पुगेको नैनशिंह ओडले जानकारी दिएकाछन् ।
ओडले दिएको जानकारी अनुसार यो टोली भोली दिउँसो सम्म समागम स्थल समालखा पुग्ने वताइएको छ ।
माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल