सोमबार, आषाढ १, २०८३
/
प्रेस क्लव तिकुनियाँको चुनाव सम्पन्न, अध्यक्षमा लवकुश कुमार निर्वीरोध निर्वाचित
२०८३ जेष्ठ ३१
  हेमन्त माण्डव्य
छिमेकी मुलुक भारतको खीरी जिल्ला अन्तर्गत तिकुनियामा रहेको पत्रकारहरुको संस्था प्रेस क्लव तिकुनियाँको शनिबार भएको प्रथम चुनावी साधारण सभाबाट लवकुश कुमार निर्वीरोध निवार्चीचित भएकाछन् । नवनिवार्चित लवकुश कुमारका अनुसार प्रेस क्लवको वार्षिक चुनावी साधारण सभा सान्तीपुर्ण र सौहाद्रतामा सम्पन्न गरीएको छ । चुनाव प्रकृयामा सबै पदाधिकारी तथा सदस्यहरु निर्वीरोध रुपमा निर्वाचित भएकाछन् । जसकारणले पत्रकारहरुमा उत्साह र गर्वको अनुभुति भएको नवनिर्वाचीत अध्यक्ष लवकुश कुमारले वताएकाछन् । उक्त चुनावबाट उपाध्यक्षमा यज्ञदेव मिश्रा, महामन्त्रीमा सतीश कुमार शाक्य, कोषाध्यक्षमा विशाल विश्वकमा निर्वीरोध निवाचित भएकाछन् । त्यसैगरी प्रेस क्लव तिकुनियाँको संरक्षकमा वरिष्ठ पत्रकार रूपनाथ मिश्रालाई चयन गरीएको छ भने सदस्यहरुमा निवर्तमान अध्यक्ष भएका राजीव खत्री, निवर्तमान माहामन्त्री आनन्द अग्रवाल, संतोष मिश्रा, सुरेंद्र गुप्ता, योगेश श्रीवास्तव, अतुल तिवारी, राकेश यदुवंशी, रामगोपाल चौहान, एस के मिश्रा, पप्पु सिंह र सुरेंद्र सिंघल निर्विरोध रुपमा निवार्चित भएकाछन् । समितीका पदाधिकारीहरु निर्वाचित हुने वितिकै उत्साह र उमंगमा रमाएका उपस्थित पत्रकारहरुले उनिहरुलाई फूल–मालाले स्वागत गरेर शुभकामना तथा बधाई दिएका थिए । यस अवसरमा अथिती रहेका वक्ताहरुले आ–आफ्ना धारणाहरु राख्दै प्रेस क्लब पत्रकारहरुको एकता र हितको रक्षा तथा सामाजिक सरोकारका विषयमा खरो उत्रनकालागी बनाइएको महत्वपूर्ण मंच हो । त्यसैले यसलाई नडगमगाई सबैले एकजुट भएर अगाडी बढन जरुरी रहेको छ । यसैक्रममा नवनिर्वाचित अध्यक्ष लवकुस कुमारले सबै पत्रकार साथिहरुलाई आभार व्यक्त गर्दै भने कि यो संगठन लाई अझै अधिक रुपमा बलीयो बनाउन तथा पत्रकारहरुका समस्याहरुलाई समाधान गर्नकालागी आफु पुरा निष्ठावान भएर कार्य गर्नेछु । उनले अगाडी भने प्रेस क्लबको गरिमालाई उच्च गतीमा लीनकालागी र पत्रकारहरुको हितलाई सर्वोच्च प्राथमिकता दीनकालागी आफु बटीवद्ध रुपमा सबैसंग हातेमालो गर्दै अगाडी बढने कुराको सबैलाई विस्वास दिलाएका थिए । उक्त कार्यक्रमको अध्यक्षता राजिव खत्रीले गरेका थिए भने स्वागत आनन्द अग्रवालले गर्नुका साथै नव निवार्चित समितीलाई धन्यवाद रुपनाथ मिश्राले दिएका थिए । सञ्चालन लवकुश कुमारले गरेका थिए । (अगुवा सन्देशबाट)
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल