मानिसहरु गाडिएको धन भनेपछी अपुताली या पौराणीक कालमा राजामहाराजा अर्थात कुनै हुनेखाने व्यक्तिले सुरक्षाको निम्ति जमिनमा गाडेर लुकाई राखेको सम्झिन्छन् ।
अर्को भाषामा भन्दा कोही मर्दा उसकोको लाससंगै धनसम्पत्तिी गाडिदिने या कुनै व्यक्तिको घर या गाउँ नै ध्वंश भएर पुरै जमिनमा खण्डहर हुने र कालान्तरमा सोहि ठाउँमा उत्खनन हुँदा उक्त बस्तुहरु भेटीने गर्छन् ।
यस्ता घटनाहरु हाम्रो गाउँ समाजमा पटक पटक हुने गरेका छन् । यस्ता धनसम्पत्तीका कारण कैयौं मानिस मालाल भएका र कैयौ मानिसले भेटाएरपनी त्यसलाई सदुपयोग गर्न नसकि सरकारीकरण हुनेगरेकाछन । यस्ता वस्तुहरुमा बहुमुल्य मुर्ती, सिक्का, सुन, चाँदी, या अन्य बहुमुल्य धातुहरु समेत रहेकाहुन्छन । यसै शिलशिलमा मंगलबार कपिलवस्तु जिल्लाको बभनीमा फेला परेको तामाको करुवा भित्र रहेको सिक्का यिनै र यस्तै मध्ये एक हुनसक्छन् भन्ने अनुमान गरिएको छ ।
जिल्लान्तर प्रशासनको रोहवरमा उक्त करुवा भित्र रहेको सिक्का टासिएको अवस्थामा रहेको वताइईएको छ । कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्मा लिम्बुले उक्त सिक्का १२ औ शताब्धी पुर्व मल्ल कालको हुन सक्ने बताएकिछिन् ।
कपिलवस्तु जिल्लास्थित प्रहरी उपरिक्षकको जिम्मेवारि समाल्दै आएका मनोहर भट्टले दिएको जानकारी अनुसार करुवामा रहेका सबै सिक्का गने पछि करुवा सहीत सिक्का संग्रहालयलाई हस्तान्तरण गरिने वताइएको छ ।