सोमबार, बैशाख ७, २०८३
/
मानव एकता दिवसलाई सबै मिलेर मनाऔं
२०८३ चैत्र ६
  अगुवा समाचार
सन्त निरंकारी मिसनले हरेक वर्ष मनाउदै आएको मानवता एकता दिवसलाई हरेक धर्म सम्प्रदाय तथा पन्थहरु जोसुकै भएतापनि विशुद्ध मानव एकताको प्रतिकका रुपमा मनाउनु पर्ने उक्त सम्वन्धमा जानकार रहेकाहरुले वताउदै आएको पाइन्छ ।
    सन्त निरंकारी मिसनको आयोजनामा उक्त मिसनको सतसंगत भवनमा औपचारीक रुपमा मनाउदै आएको भएतापनि उक्त दिनलाई सम्पुर्ण मानवजगतले पर्वको रुपमा मनाउनु पर्ने देखीन्छ । उक्त दिवसले विशुद्ध रुपमा मानवले मानवलाई गर्नुपर्ने व्यवहारको बोध गराउने भएकाले यस दिवसलाई कुनै एक संस्थाले आफ्नो अनुकुलतामा भन्दापनि सार्वजनिक रुपमा यसको श्राय सबैले लिनेगरी धुमधामका साथमा मनाउदा समाजमा रहेका विभिन्न जात धर्म संस्कार र सम्प्रदायका मानिसहरुले आफुले मानव भएर गर्नुपर्ने कार्यको वास्तवीकतालाई बुझ्दै मानव सेवालाई कसरी निस्वार्थ र समानताको रुपमा अगाडी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गराउन मद्धत पुग्ने जानकारहरुले वताउने गरेकाछन् ।
    तसर्थ मानव एकता दिवसलाई सन्त निरंकारी मिसन संग मात्र जोडेर नहेरी समग्र मानव जगतको कल्याणकालागी उक्त दिवसलाई मनाउन उपयूक्त देखीन्छ । यसमा सबै सरोकारवालाहरुले मनन् गर्न त्यतिकै आवश्यक रहेको छ । (अगुवा सन्देशबाट)
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल