सोमबार, आषाढ १, २०८३
/
लागूऔषध र डाँका चोरी मुद्दामा दुई जना पक्राउ, प्रहरीको कार्य सरहाननीय रहेको भनाई
२०८३ जेष्ठ ३१
  अगुवा समाचार
    अगुवा समाचार धनगढी २०८३ जेष्ठ ३१
सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलाली जिल्लाको सदरमुकाम धनगढीबाट प्रहरीले लागूऔषध सहित पहाडी जिल्ला बाजुराका एक जनालाई पक्राउ गरेको जनाएकोछ ।
    पक्राउ पर्नेमा सुदुरपश्चिमको पहाडी जिल्ला बाजुराको बुढीगंगा नगरपालिका वडा नं ५ बस्ने २५ वर्षीय नरेन्द्र बहादुर शाह रहेकाछन् । शाहलाई प्रहरीले शुक्रबार साँझ धनगढी उपमहानगरपालिका वडा नं ३ त्रिनगर व्यारेल नजिकबाट अवैध रुपमा रहेको लागूऔषध खैरो हिरोइन ४ ग्राम ४६० मिलिग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
    शनिबार साँझ जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीबाट गस्तीमा खटिएको प्रहरी टोलीले शाहमाथी शंकालागी चेकजाँच गर्नेक्रममा उक्त पदार्थ फेला पारि उनलाई लागुपदार्थ सहित पक्राउ गरेको वताइएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कैलालीले आवश्यक अनुसन्धान भइरहेको समेत वताएको छ ।
    त्यसैगरी डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय पाएका एकजनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट स्रोतबाट जानकारी भए अनुसार धनगढी उपमहानगरपालिका वडा नं १८ बस्ने ३२ वर्षीय रमेश खड्कालाई पक्राउ गरीएको छ ।  
    खडकालाई जिल्ला अदालत कैलालीको फैसलाले डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र ३३ हजार ७५० रुपैयाँ जरिवाना तोकेको थियो । 
    जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले खड्कालाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको समेत प्रहरीले जनाएको छ ।
    स्मरण रहोस यतिबेला प्रहरी धेरै सकृय अवस्थामा  रहेको पाइन्छ । प्रहरीले धरैजसो फरार रहेको कैदीवन्दिहरुलाई पक्राउ गर्दैं जेलचलान गरीरहेको देखीन्छ । प्रहरीको यस्तो कार्यलाई सरहाननीय रुपमा लिनुपर्ने समाजसेवीहरुले वताउने गरेकाछन् । (अगुवा सन्देशबाट)
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल