शुक्रबार, बैशाख ११, २०८३
/
सन्त निरंकारी मावीद्वारा सरसफाई कार्यक्रम गरियो
२०८३ बैशाख १०
  हेमन्त माण्डव्य
सन्त निरंकारी आदर्श विद्या मन्दिर मावीद्वारा सरसफाई कार्यक्रम गरिएको छ ।
उक्त विद्यालयले कैलाली जिल्लाको टीकापुर नगरपालिका स्थित ६ लाईन को सडक खण्ड अन्तरगत टीकापुर बसपार्क स्थित व्यवस्थापनको जिम्मा तथा आफ्नो संरक्षकत्वमा रहेको क्षेत्रमा सरसफाई गरेको छ । 
केही समय पहिले टीकापुर नगरपालिकाका तत्कालिन नगरप्रमुखको महत्वकान्छी योजना अन्तरगत बगैचाको शहरू भन्ने नगरपालिकाको दिर्घकालीन र दुरदर्शी योजनालाई लत्याएर गुलाभको शहरू योजना अन्तरगत गुलाभका बिरुवा रोप्न लगाईएको थियो ।
तत्कालिन नगरप्रमुख रामलाल डगौराको अदुरदर्शिताका कारण उक्त योजना बालुवामा पानी शरह हुनपुगेको छ । आजको समयमा हेर्ने हो भने लगाईएका गुलाभ फुल्न त परको कुरा हो बोटहरुलाई समेत खोज्नु पर्ने देखिन्छ ।
स्थानिय सरकारको नेतृत्व गर्ने व्यक्तिको अदुरदर्शिता, मनगणन्त, देखाशेखी र व्यक्तिगत अहंकारका कारण दुरदर्शी रुपमा नभई क्षणीक सोचका कारण यस्तो हुनगएको स्थानियहरु वताउने गर्दछन् ।
लामो समयदेखी बिरुवा लगाइएको ठाउँहरुमा सरसफाई नभएका कारण उक्त ठाउँहरुमा चाहिएको बिरुवा भन्दा अनावश्यक झारपातले आफ्नो बासस्थान बनाईरहेको थियो । तर सन्त निरंकारी आदर्श विद्यामन्दिर मावीले आफ्नो संरक्षकत्वमा रहेको क्षेत्रमा सरसफाई गरेर स्थानीय सरकारलाई सचेत गराएको छ भने अब आ-आफ्नो जिम्मामा रहेका क्षेत्रहरु सम्वन्धित पक्षले सरसफाई गरि उक्त ठाउँहरुमा बाह्रै महिना हरियो रहने र फुलहरु फुलीरहने बोटविरुवा रोप्नुपर्ने स्थानिय समाजसेवी, बुद्धिजीवी तथा राजनैतीक दलका अगुवाहरुले वताउने गरेकाछन् ।
तर स्थानिय सरकारले तत्काल उक्त ठाउँहरुमा पानीको व्यवस्था गर्न र सो कार्यकालागी आफ्नो मातहतमा रहेका कर्मचारीहरु नियमित रुपमा परिचालन गर्न जरुरी देखिन्छ ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल