आईतवार, बैशाख १३, २०८३
/
सन्त निरंकारी मण्डलद्वारा रक्तदान कार्यक्रम सम्पन्न
२०८३ बैशाख १२
  हेमन्त माण्डव्य
आध्यात्मीक तथा सामाजीक संस्था सन्त निरंकारी मण्डलद्वारा मानव एकता दिवशको उपलक्षमा देशका विभिन्न ठाउँहरुमा बृहत रक्तदान तथा सतसंगत कार्यक्रम गरीएको छ । मण्डलले आज विशेष रुपमा देशभरी ८१ ठाउँहरुमा उक्त कार्यक्रमको तय गरेको थियो भने ति मध्ये यो समाचार तयार पारुन्जेलसम्म हामीलाई प्राप्त भएको जानकारी अनुसार कैलाली जिल्लाको टीकापुरमा ६० जना, सडकपुर बौनियामा ९२ जना, धनगढीमा ३६ जना, अतरीयामा ३८ जना, अमरावतीमा २७ जना गरी २५३ जनाले रक्तदान गरेकाछन् । त्यसैगरी काठमाडौंबाट मण्डलका सचिव अनिल महर्जनले दिएको जानकारी अनुसार ११८ जना, रोल्पाबाट सन्त निरंकारी मण्डलका मिडीया प्रतिनिधी हिमा खडकाले दिएको जानकारी अनुसार ४४ जना, सुर्खेतमा १०९ जना, कञ्चनपुरबाट मण्डलका केन्द्रिय सहसचिव नरबहादुर बिक ज्यूले दिएको जानकारी अनुसार ३६ जना, डढेलधुराबाट मण्डलका मिडीया प्रतिनिधी विमल जैरुले दिएको जानकारी अनुसार २ जनाले रक्तदान गरेकाछन् । डढेलधुरामा नेपाल रेडक्रससंग बी पोजेटीभ रगत बढी भएकाले रक्तदान गर्न गएका व्यक्तिहरु उक्त ग्रुपका व्यक्तिहरु धेरैको मात्रामा भएतापनि रक्तदान गर्न नसेकेको वताएकाछन् ।
त्यस्तै दाङमा ७७ जना, सिराहामा ४० जना, कपीलवस्तुमा ३५ जना, सर्लाहीको मलंगवामा ३५ जना, रुपन्देहीको बुटवलमा २५ जना, पर्सामा ५५ जना, जनकपुरधामबाट मण्डलका मिडीया प्रतिनिधी ओमप्रकास ज्यूले दिएको जानकारी अनुसार १२७ जना, बयरघारी स्यांजा ८२ जना, नेपालगञ्ज ८५ जना, सप्तरीमा ४५ जना, बर्दियामा १४ जना,  धरानमा ३२, डोटीमा २ जना, मकवानपुरमा २१ जनागरी १२६९ जनाले स्वस्फुर्त रुपमा मानव कल्याणकोलागी रक्तदान गरेकाछन् भने झापा र सल्यान जिल्लामा बैशाख १३ र १९ गते रक्तदान कार्यक्रम गरीने कुरा मण्डलका सचिव अनिल महर्जनले जनाएकाछन् ।
कैलालीको टीकापुरमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कैलाली क्षेत्र नं १ की संघिय सांसद कोमल ज्ञवाली रहेकी थिइन भने विशीष्ठ अतिथीमा सन् निरंकारी मण्डलका अध्यक्ष तथा प्रमख नरबहादुर रावल रहेका थिए । त्यसैगरी उकत कार्यक्रमको अध्यक्ष्ता सतसंगत भवन टीकापुरका मुखी महादेव भण्डारीले गरेका थिए भने स्वागत मण्डलका सल्लाहकार श्रीराम काफ्लेले गरेका थिए । सञ्चालन राजन रेग्मीले गरेका थिए ।
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल