भजनी नगरपालिका वडा नं ५ मा निमार्ण कार्य अवरुद्ध भएको हुलाकी राजमार्गलाई तत्काल सुचारु गर्न सम्वन्धित सरोकारवालाहरुले अग्रसर हुनुपर्ने देखीन्छ ।
केही व्यक्तिहरुको व्यक्तिगत स्वार्थमा निहित रहेर निमार्ण कार्यलाई अवरुद्ध गरीएको भन्ने स्थानिय जनताहरुबाट सार्वजनिक रुपमा आवाज उठीरहेका बेला स्थानिय सरकार कानमा तेल हालेर बस्नु भनेको साह्ै लज्जास्पद कार्य भएको मानिन्छ । निति र विधिले कार्य सम्पादन गरीरहेका र्छौ भन्ने स्थानिय जनप्रतिनिधीहरुले आफ्नो कार्यक्षेत्रमा राष्ट्रिय गौरवको योजना अलपत्र तरीकाले अवरुद्ध हुँदासम्म चुपलागेर बस्नु विधि र नितिको उपहास हो भन्ने लाग्दछ ।
स्थानिय सरकारले उक्त बाटो खुलाउन कछुवाको गतीमा होइन खरायोको गतिमा कार्यलाई अगाडी बढाउनु पर्दछ । विकास निमार्णका कार्यहरुमा जस्तोसुकै अवस्था आइपरेपनि त्यसको सामना गर्दै जनताको पक्षमा उभिन सक्नु पर्दछ । हाती र हातीछाप चप्पल उस्तै उस्तै भनेझै गर्नु हुँदैन । अव बर्षातको समय लागीसकेको छ, अन्यठाउँमा निमार्ण कम्पनिले हुलाकी सडकलाई खुल्ला र चौडाइ गरीसकेको अवस्थामा भजनी नगरपालिका वडा नं ५ को कर्मदेउमा भने सामान्य कुराले बाटो निमार्णमा अवरोध गरीएको छ । स्थानिय सरकारले त्यसको समाधानगरी तत्काल निमार्ण कम्पनिलाई कार्यगर्न वतावरण बनावोस र जनताहरुले खेप्नुपर्ने सास्तीको समाधान गरोस । (अगुवा सन्देशबाट)