आईतवार, कार्तिक ३, २०८२
/
सन्त निरंकारी मिसनको ७८ औं सन्त समागमको तयारी व्यापक रुपमा चल्दै
२८ आश्विन २०८२
  माण्डव्य हेमन्त
सन्त निरंकारी मिशनको ७८औं वार्षिक संत समागम, विगतका वर्षहरू झै यस वर्ष पनि बृहत् रुपमा मनाईने भएको छ । आगामी ३१ अक्टोबरदेखि ३ नोभेम्बर २०२५ अर्थात १४ कार्तिक देखि १७ कार्तिक २०९२ सम्म भारतको हरिया प्रदेश अन्तरगत समालखा स्थित सन्त निरंकारी आध्यात्मिक स्थलमा अत्यन्त भव्यता, श्रद्धा र आध्यात्मिक उल्लासका साथ आयोजित हुँदैछ ।
उक्त कार्यक्रममा सन्त निरंकारी मण्डल कि प्रमुख व्यक्तित्व सतगुरु माता सुदीक्षा जी महाराज र निरंकारी राजपिता रमित जीको पावन सान्निध्यमा सम्पन्न हुनेकुरा सन्त निरंकारी मण्डलको प्रेस तथा पव्लिसिटी बिभाग दिल्लीले जारी गरेको विज्ञप्तिमा जनाईएको छ । निरंकारी मण्डलको पव्लिसिटी बिभागद्वारा अगुवा अनलाईनलाई पठाइएको विज्ञप्ति अनुसार उक्त बार्षिक सन्त समागमको शुभ सूचनाले सबै श्रद्धालु अनुयायीहरूको हृदयमा अपार हर्ष र आध्यात्मिक ऊर्जा भरीरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आत्ममन्थन’ विषयवस्तुमा आधारित यस वर्षको वार्षिक संत समागम आफैंमा एक अद्भुत र अनुपम आध्यात्मिक यात्रा हो, जहाँ श्रद्धालुहरू ब्रह्मज्ञानको आन्तरिक ज्योतिमा सेवा, सिमरन र सत्संग गर्दै आनन्द र प्रेमभक्तिको अनुभूति गर्नेछन् ।
यस दिव्य उत्सवको तयारी अत्यन्त श्रद्धा, लगन र निःस्वार्थ भावनाबाट भइरहेको छ । श्रद्धालु भक्तहरू जसमा (वृद्धदेखि युवा, पुरुषदेखि महिला, हरेक पृष्ठभूमिका मानिसहरू छन् ) सेवामा पूर्णरूपमा लगनाका साथ लागिपरेकाछन् ।
बिहानको पहिलो किरणदेखि साँझको अन्तिम प्रकाशसम्म, हरेक ठाउँमा भक्ति भावले समर्पित सेवाको अनुपम तेज देखिन्छ । कसैले माटो भरिएका तसला बोकेका छन्, कसैले पैदल हिडनकालागी गोरेटो बुनाईरहेका छन्, त कोही सरसफाइ गरिरहेकाछन् भने कोही पानी र भोजनको व्यवस्थामा जुटेका छन् ।
विज्ञप्तिमा अगाडी उल्लेख गरिएको छ,  ७८औं वार्षिक संत समागमको भव्यतालाई प्रकट गर्ने मुख्य गेटले पनि आकार लिन थालीसकेको छ, त्यस्तो प्रवेशद्वार, जुन प्रेम, समरसता र आत्मिक एकताको यात्राको प्रतीक बन्नेछ । यी सबै कुरा सतगुरुको ज्ञानबाट उत्पन्न समर्पण भावनाको प्रमाण हुन् , जस्तै भनिन्छ, ‘जहाँ सेवामा समर्पण मिल्छ, त्यहाँ प्रत्येक क्षण उत्सव बन्छ ।’
सेवाभावको गरिमालाई हेर्दा स्पष्ट हुन्छ कि यी सेवकहरूको अनुहारमा थकान होइन, बरु आनन्द र उल्लास झल्किएको छ । यही दिव्य आनन्द हो, जुन केवल सतगुरुको छत्रछायामा बस्दै, सेवा र भक्ति मार्फत मात्र अनुभव गर्न सकिन्छ । सतगुरु माता जीले पनि आफ्ना प्रवचनमा बारम्बार यही प्रेरणा दिनुहुन्छ कि ‘तन पवित्र सेवा गरे, धन पवित्र दान दिए, मन पवित्र हरि भजन गरे, यही त्रिबिधीले मात्र मानव जिवनको कल्याण हुन्छ ।'
त्यसैगरी विज्ञप्तिमा उल्लेख गरिए अनुसार, भारतका कुना-कुनाबाट मात्र होइन, छिमेकि मुलुक नेपालाबाट हजारौं मिसनका अनुयायीहरुले यश कार्यक्रममा सहभागिता जनाउदैछन भने अन्य विदेशी राष्ट्रहरुबाट समेत लाखौं मिसनका लाखौं अनुयायीहरुले यस संत समागममा सहभागी हुन आईरहेकाछन् । समागममा सहभागिताकालगी आउने सबै अनुयायिहरुको स्वागत र सुविधाका लागि सबै आवश्यक व्यवस्थापनहरू अत्यन्तै सुचारु रूपमा गरिएको छ। रेलवे स्टेशन, बसपार्क र हवाई अड्डामा निरंकारी सेवादलका अनुशासित, मर्यादित र सुसज्जित सेवादारहरू आफ्नो नीलो र खाकी वर्दीमा श्रद्धालुहरूको हार्दिक अभिनन्दन गर्दै उनीहरूलाई तोकिएको आवाससम्म सम्मानपूर्वक पुर्‍याउन सधैं तत्पर रहने छन् ।
जय प्रकास आनन्द

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल