आईतवार, कार्तिक ३, २०८२
/
आपदा राहत र समाजसेवामा अग्रणी भुमिकाको लागि प्रदान गरियो विशेष सम्मान
२३ आश्विन २०८२
  अगुवा समाचार
मानवताको निःस्वार्थ सेवामा अग्रसर संत निरंकारी मिशन, सतगुरु माता सुदीक्षा जी महाराजको दिव्य मार्गदर्शनमा समाजकल्याणका लागि निरन्तर समर्पित भावमा कार्य गरिरहेको छ । मिशनद्वारा सञ्चालित यो सेवा 'समस्त संसार एउटा परिवार हो' भन्ने भावनालाई वास्तविकतामा परिणत गर्ने एक सशक्त प्रयास हो । मिशनको सामाजिक शाखा, संत निरंकारी च्यारिटीबल फाउण्डेशनले समय-समयमा विविध रुपमा सामाजिक कार्यहरुको आयोजना गर्दै आएको छ । उक्त कार्ुहरुमा वातावरण संरक्षण, स्वास्थ्य सेवा, रक्तदान, सरसफाइ अभियान तथा आपदा राहतजस्ता क्षेत्रमा सम्पूर्ण भारत-नेपाल लगायत वोश्वभरि नै अनुकरणीय कार्य गर्दै आएको छ ।
यसै शिलशिलामा जम्मू तथा काश्मीरमा आएको प्राकृतिक विपद्  बाढी, पहिरो र भारत सरकारले चालेको अपरेसन सिन्दूरको समयमा मिशनले अत्यन्त संवेदनशीलता र तत्परताका साथ राहतकार्यमा भाग लिएको थियो । उक्त क्षेत्रमा रहेका प्रभावित परिवारसम्म खाद्य सामग्री, औषधि र आवश्यक सहयोग पुऱ्याउँदै मिशनले मानवसेवामा आफ्नो सकृय उपस्थितीलाई देखाएको थियो । मिसनले गरेका यस्ता सेवाहरुको भारत-नेपाल लगायत अन्यदेशहरुका सरकार पक्ष र समाजका विभिन्न तह र तप्काद्वार सरहाननिय कार्य भन्दै प्रशंसा समेत गरिदै आएको छ ।
यसै क्रममा भारतको श्रीनगरस्थित शेर-ए-कश्मीर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित एक भव्य समारोहमा जम्मू तथा काश्मीरका माननीय उपराज्यपाल श्री मनोज सिन्हाले संत निरंकारी मण्डलका सचिव श्री जोगिन्दर सुखीजालाई मिशनको यस निःस्वार्थ सेवाका लागि विशेष सम्मान प्रदान गरेका थिए । सम्मान ग्रहण गर्दै श्री जोगिन्दर सुखीजाले भन्नुभयो, "सन्त निरंकारी मिशन सतगुरु माता सुदीक्षा जी महाराजको प्रेरणाबाट सधैं समाजकल्याण र मानवसेवाका लागि प्रतिबद्ध छ। हाम्रो प्रत्येक प्रयास सेवा, समर्पण र एकताका सि‌द्धान्तमा आधारित छ । चाहे प्राकृतिक विपद्का बेला राहत होस् वा रक्तदानजस्ता जीवनदायी अभियानमा सहभागिताहोस मिशन सधैं अग्रणी रुपमा रहँदै आएको छ । हाम्रो उ‌द्देश्य भनेको 'प्रत्येक मानिससम्म प्रेम, शान्ति र एकताको सन्देश पुऱ्याउनु हो ।'
गाँधी जयन्तीको उक्त स्मरणीय अवसरमा सन्त निरंकारी मिशनको सहभागिता र प्राप्त सम्मान दुवै समाजप्रति यसको समर्पण, निष्काम सेवा र विश्वबन्धुत्वको भावनाका सुन्दर प्रतीकका रुपमा रहेकाछन र निरंकारी मिशन जहाँ मानवता सर्वोपरि छ त्यहाँ सदैव आदर्शको बाटोमा अघि बढिरहेको छ भन्नेकुराको समेत मिसनद्वारा जिकिर गरिएको छ ।
जय प्रकास आनन्द

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त

टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल