के गर्नु जिन्दगी यस्तै हो ?
आउछ !
जान्छ !
तेरो मेरो झैझगडा मेलमिलाप!
कसैलाई राम्रो त कसैलाई नराम्रो देखिने ?
तर गइसकेपछी नराम्रो मान्नेवाट पनी,
उ राम्रो देखिने र कठै भनिने ?
थुइक्क जिन्दगी ?
यो कस्तो जिन्दगी ?
सम्मान या अपमान ?
खेलौना रहेछ जिन्दगी ?
त्यसैले म सन्यासी होइन ?
म बालब्रह्मचारी होइन ?
म कुनै राजनेतृत्व होइन ?
किनकी, म गृहस्थी हु !
म हलो जोत्छु, अनाज बेच्छु ,
म व्यापार गर्छु, अनाज किन्छु,
म सरसापट र ऋण दिने लिने गर्छु,
म समर्थन गर्छु, बिरोध गर्छु !
मेरो परिवार छ, नाता अनि कुटुम्ब छन,
मेरो समाज छ, साथभाईहरु छन,
अनि इष्टमित्र र छरछिमेकिहरु छन !!
त्यसैले, म गृहस्थी हु !
म बाट राम्रो कुरा भएको होलान !
नराम्रो पक्ष पनि भएका होलान ?
कसैलाई गालिबेज्जती गरिएको होला ?
कसैलाई सम्मान–आदर र सत्कार गरिएको होला !
कसैको बिरोध या समर्थन गरिएको होला,
यस्तो अवस्थामा गलति भए होलान ?
किन कि म गृहस्थि हु !
त्यसैले, म गृस्थी हु !
सबैमा अनुरोध छ !
गलतीलाई क्षमा र माफ गर्नुहोला ?
मबाट भएगरेका राम्रो पक्षलाई
धन्यवाद दिनुभन्दापनी
कर्तव्य हो भन्ने बुझिदिनुहोला ।