माननीय सांसद चन्द्र भण्डारीले आजबाट नेपालले बंगलादेशमा बिद्धुत प्रसारण गरिएकोमा आफुलाई ज्यादै खुसीलागेको बताएकाछन ।
भण्डारीले आफ्नो फेसबुक स्टाटसमा लेखेकाछन आज मिति २०८१ कात्तिक ३० (नोबेम्बर १५, २०२४) मा नेपालबाट ४० मेगावाट जलविद्युत भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यातको शुभारम्भ हुँदैछ भन्ने जानकारी पाउँदा मलाई ज्यादै खुशी लागेको छ ।
उक्त शुभारम्भमा नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री माननीय दीपक खड्का, भारतका विद्युतमन्त्री माननीय मनोहरलाल खट्टर र बंगलादेशका मन्त्री मुहम्मद फजुल कबीर खानबाट संयुक्त रुपमा भर्चुअल माध्यामबाट गरिएको शुभारम्भ कार्यक्रमको ऐतिहासिक अवसरको लागि नेपाल सरकारका साथै उर्जामन्त्री दीपक खड्का विधुतप्राधिकरण लगाएत सबै लाई बधाई व्यक्त गरेकाछन ।
भण्डारीले अगाडी भनेकाछन, निर्यातको शुभारम्भ हुने यो ऐतिहासिक उपलब्धीले नेपालको विधुत विकासको क्षेत्रमा नयाँ फड्को मार्नुको साथै नेपाल र बंगलादेशबीच विद्युत व्यापारको सुरुवात र दुई देशको अर्थतन्त्रलाई जोड्ने तथा दुईदेशबीको सम्बन्ध थप प्रगाढ हुने महसुस मैले गरेको छु ।