जानकी गाउँपालिकामा विधालयको समाजिक परिक्षण प्रतिवेदन तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा श्री सरस्वती माध्यामिक बिधालय जानकी १ दुर्गौलीको आर्थिक बर्ष २०८०/८१ को सामाजिक लेखा परिक्षण प्रतिबेदन तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
शिक्षक अभिभावक संघका अध्यक्ष यसोदा ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा बिधालय ब्याबस्थापन समिती अध्यक्ष तथा वडा न:१ का अध्यक्ष सुरेश कुमार चौधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धर्मानन्द कपाडि बिशिष्ट अतिथि थिए भने कार्यक्रममा स्वागत बिधालयका सहाय प्राधानाध्यापक मोतीलाल चौधरीले गरेका थिए ।
वडा सदस्य अनिता चौधरी, शिक्षक टिकाराम चौधरी, समाजसेवी तथा नि.वर्तमान बि.ब्य:स अध्यक्ष बप्पल रावत, पुर्ब बि बि स अध्यक्ष चन्द्रमान बम तथा गोमा बोहरा, प्रदिप रिमाल, गाउँकार्यपालिका सदश्य लक्ष्मी चौधरी, जनता नमुना मा.बि का निबृत्त शिक्षक हेमनाथ उपाध्याय लगायतले मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा बिधालयका प्रधानाध्यापक खड्क बहादुर शाहिले बिधालयको आर्थिक बर्ष २०८०/८१ को १ करोड २५ लाख ९७ हजार ७ सय ३९ रुपैया ८२ पैसा बराबर आय ब्याय प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न टाेलका वडघर, बिधालयका शिक्षक,अभिभावक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सन्चालन शिक्षक कर्ण बोहराले गरेका थिए ।