कैलाली जिल्लाको पुरानो सदरमुका समेत रहेको भजनी नगरपालिमा पहिलो पटक भजन सञ्ध्या गरीदै छ । भजनी नगरपालिका वडा नं ३ ठेकीपुरमा उक्त कार्यक्रम गरीन लागेको वताइएको छ ।
मंसिर १८ गते देखी २४ गतेसम्म सञ्चालन गरीने उक्त कार्यक्रममा आचार्य कौसिक ज्यू महाराजले प्रवचन दिने कार्यक्रम रहेको व्यवस्थापकको जिम्मेवारी समाली रहेका शिशिर साधक ज्युले वताएकाछन् ।
कार्यक्रम १८ गते बिहान ११.३० बजेबाट शुरुगरीने र २४ गते दिउसो समापन गरीने आयोजकका तर्फबाट शिव मन्दिर निर्माण समिति भजनी कैलालीका अध्यक्ष भरत साउदले जनाएकाछन् ।
पौराणीक कालमा ऋषिमुनिहरुले विचरण तथा तपोस्थलका रुपमा प्रयोग गरेको मानिएको उक्त ठाउँलाई धामीक प्रयटकीय स्थलका रुपमा अगाडी सार्न सके यहाँको विकास निर्माणले फड्को मार्नसक्ने पत्रकार तथा भजनीका पुर्व वडाअध्यक्ष समेत रहेका हेमन्तराज माण्डव्यले वताएकाछन् ।
माण्डव्यका अनुसार उक्त ठाउँ नजीकै रहेको पुरैना ताल पौराणीक कालमा ऋषि माण्डव्य, ऋषि काण्डव, ऋषि कौशिक, ऋषि शाडिल्य, ऋषि भारद्वाज, ऋषि परासर, ऋषि ब्याँस, ऋषि इन्द्रप्रभिती, ऋषि माण्डुक्य, ऋषि माण्डु, ऋषि साकल्य लगायतकाहरुले विचरण र तपोस्थल बनाएको ठाउँ भएकाले यो क्षेत्र वरीपरीका नदीनालाहरु प्वित्रताले भरीपुर्ण रहेको वताइन्छ ।
भजन सञ्ध्या हुनगइरहेको स्थन स्थानिय भाषामा कन्द्रा नदी भनियतापनि यसको वास्तवीक नामा भने काण्डव या माण्डव रहेको समेत वताएकाछन् । तत्काली अवस्थामा ऋषि माण्डव्य र ऋषि काण्डवले कन्द्रा नदी, पथरैया नदी, मोहना नदीहरुको उदगम स्थलमा तपष्या गरेको धर्मसास्त्रहरुले वताउने गरेको वताउछन् ।
माण्डव्यका अनुसार यस हिसावले पनि कन्द्रा, पथरैया, मोहना, काँढा लगायतका नदीनाला हरु शुद्धता र पवित्रतामा अग्रपंतीमा रहेको मानिन्छ । किनकी यि नदीनालाहरु सरयू भनिने कर्णाली नदी हुदै गंगानदीमा गएर मिल्ने भएकालेपनि यस्को पवित्रतामा कुनै संका गर्न मिल्दैन । आवश्यक छ त मात्र खोजीनितीको ! हामी सबै मिलेर यि नदीनालाहरुको वृस्त्रीत रुपमा खोजीनिती ग¥यौ भने अवश्यपनि पौराणीक कुराको प्रमाणीकरण हुनेछ ।
हाल हुलाकी सडकले आफ्नो नेत्रलाई दृष्टिगत गरेको उक्त क्षेत्रमा पहिलोपटक भजन सञ्ध्या कार्यक्रमको आयोजना हुन गइरहेकोले यसलाई सबैले सहयोग गर्नुपर्ने आयोजक समितिका अध्यक्ष भरत साउद वताउछन् ।
आयोजक समिति अध्यक्ष साउदका अनुसार, “कलिलो दिमागमा जति सकारात्मक, रचनात्मक तथा व्यवहारिक प्रभाव पार्न सक्यो बालबालिका त्यति नै प्रभावशाली, प्रतिभाशाली र ओजस्वी बन्न सक्ने भएकाले आमा–बुबाका लागि सर्वश्रेष्ठ सम्पति भनेकै उनका सन्तान हुन् । त्यसैले सन्तान सुयोग्य, अनुशासित एवं सु–संस्कारित हुनु नै अभिभावकका लागि जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । योभन्दा ठूलो ऐश्वर्य, आनन्द, सन्तोष र प्रतिष्ठा अर्को हुनै सक्दैनन् । सुयोग्य सन्तति तब मात्र बन्न सक्छन् जब उनीहरूलाई दिइएको शिक्षा सु–संस्कारयुक्त हुन्छ ।” यहि कुरालाई आधार मान्दै हामीले यो क्षेत्रमा पहिलो पटक भजन सञ्ध्या कार्यक्रम मार्फत सबैलाई सचेत र सजग गर्न र गराउने उदेश्य राखेका छौं ।(अगुवा सन्देशबाट