बुधबार, मंसिर १९, २०८१
/
भजन सञ्ध्या ७ दिन चल्ने विधिवत उद्घाटन
१८ मंसिर २०८१
  हेमलम्व माण्डव्य
कैलाली जिल्लाको भजनीमा मंगलबार भजन सञ्ध्याको विधिवत रुपमा उद्घाटन गरिएको छ ।
आगामी सोमबार ७ दिनसम्म चल्ने उक्त भजन सन्ध्याको उद्घाटन भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले प्रमुख अतिथीको हैसियतमा गरेकाछन ! ब्यास आसनमा पुज्य गुरु कौसिक जी महाराज रहनु भएको थिय भने
बिशिष्ठ अतिथीमा भजनी नगरपालिकाकि उप-प्रमुख राजु तिरुवा रहेकि थिइन भन अतिथीहरुमा भजनी नगरपालिकाका प्रमुख प्रसाशकियन अधिकृत निलम कुमार न्यौपाने, शक्तिस्वरुपा पिठ लालबोझिका गजानन्द महाराज, यज्ञाचार्य प्रेमराज ओझा, उप-आचार्य ओमप्रकास उपाध्याय, वाध्यवाधक शिशिर साधक, समाजसेवी रतनराज रेग्मी, ठेकिपुरका भलमन्सा जंग बहादुर चौधरी लगायत रहेका थिए ।
कार्यक्रम वैद्धिक परम्परा तथा शास्त्र सम्वत रुपमा बिहान ११.३० बजे देखि वडा नं ३ को ठेकीपुरबाट मन्त्रीफाँटा, वर्दवाफाँटा दैलेखि टोल हुँदै पथरैया तथा मोहना नदिको संगमबाट पुगेर जल लिई नयाँबस्ती, कुसुमघाट, कन्हैयापुर र जबलपुर हुँदै ठेकिपुरमा रहेको शिवमन्दिर निर्माण स्थलमा कलस यात्रा पुगेको थियो ।
कलस यात्रामा १०८ कलसले शुशोभित श्रद्धालु भक्तजनहरुले बिभिन्न गाउँहरुको परिक्रमा गरी भजन सन्ध्या कार्यक्रम स्थलमा फर्किएका थिए ।
७ दिनसम्म चल्ने उक्त भजन सञ्ध्यामा योगविज्ञान, शालीग्राम पुजा तथा परिक्रमा, दैनिक पुजाअर्चना, प्रवचन तथा विभिन्न भाषाभाषिमा भजन किर्तन, बालसंस्कार, भागवत चर्चा, दिव्य झाँकी र राष्ट्रिय गित लगायतका कार्यक्रमहरु दैनिक रुपमा सञ्चालन गरिने आयोजकका तर्फबाट शिव मन्दिर निर्माण समितिका अध्यक्ष भरत साउदले बताए ।
भजन सञ्ध्या कार्यक्रममा भागवत प्रवचन अन्तराष्ट्रिय भागवत वाचक श्री कौशिक जी महाराजले गर्नुहुने वताइएको छ भने वाध्यवादन तथा संगित किर्तनमा श्री शिशिर साधकको नेतृत्वमा रहेको टोलीले गर्ने जनाईएको छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल