मंगलवार, फागुन २६, २०८२
/
निरंकारी महिलाले मनाए ११६औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस ।
२५ फाल्गुन २०८२
  हेमन्त माण्डव्य
सन्त निरंकारी मण्डल नेपाल शाखा कंचनपुरले अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई आइतबार भन्य रुपमा मनाएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा रहेको निरंकारी सत्सङ भवनको आयोजनामा दोधारा चादनी नपा ६ हेल्थपोष्टमा ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वृहत् नारी सत्सङ कार्यक्रम सम्पन्न गरिएको छ।
कञ्चनपुरबाट सन्तनिरंकारी मण्डल नेपाल साखाका सहसचिव तथा मण्डलका ज्ञान प्रचारक नरबहादुर बिकले दिएको जानकारी अनुसार ११६औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाइ मध्ये नजर गर्दै मण्डलले उक्त कार्यक्रमको आयोजना गरेको वताएकाछन् ।
सन्त निरंकारी मण्डलले ब्रह्मज्ञान र समाजकल्याणको माध्यमबाट महिला हिंसा, नारी अधिकार र लैङ्गिक विभेदको न्यूनीकरण समत गरिरहेको सहसचिव बिकले वताएकाछन् ।
उक्त कार्यक्रममा बोल्ने अधिकाङ्श वक्ता र गितकारहरुले समेत आफ्नो मन्तव्य र भक्तिगितको माध्यमबाट मण्डलले ब्रह्मज्ञान र समाजकल्याणको माध्यमबाट महिला हिंसा, नारी अधिकार र लैङ्गिक विभेदको न्यूनीकरण गरिरहेको कार्यको उल्लेख गरेका थिए ।
निरंकारी मिसनकी अनुयायी तथा समाजसेवी लक्ष्मी बिश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सम्पन्न गरिएको थियो भने उक्त कार्यक्रममा समापन मन्तव्य राख्दै मिसनकी अनुयायी तथा समाजसेवी बिकले महिला आन्दोलनको इतिहास आजभन्दा ११६ अघी श्रमिक महिला सुरुवात गरेतापनि यो आन्दोलन सत्ययुग देखि नै रहेको  र यसको समय समयमा निराकरण समेत पनि हुँदै आएको वाउनुभयो । महिला समानताको आन्दोलन रोड र औराहमा नभई स्वय आफ्नो घरभित्रबाट जवसम्म हुँदैन तबसम्म महिला समानताको सवालले बिराम पाउदैन ! त्यसकारण आध्यात्मिक चिन्तनबाट नै महिला समानताको सवालले गण्तव्य चुम्न सक्दछ । यही शिलशिलामा सन्त निरंकारी मिशनले आध्यात्मिक चिन्तनबाट महिलाहरुलाई अगाडि बढाइरहेको छ । मिशनले महिलाहरुलाइ ब्रह्मज्ञान प्रचारक , मुखि, प्रमुख, जोनल इन्चार्ज, सेवादल अधिकारी लगायत महत्त्वपूर्ण प्रबन्धक बनाएर नारीको सम्मान गरीरहेको समेत अवगत गराउनु भयो । आफ्नो समापन मन्तव्यमा बिकले मिशनको सर्वोच्च सत्गुरु समेत सत्गुरु माता सुदिक्षा ज्यू महाराज नारी रुपमा हुनुहुन्छ भन्दै महिला र पुरुष एक रथका दुई पाग्रा हुन  यदि रथको एक पाग्रा भएन भने रथ अगाडि बढ्न सक्दैन त्यस्तै मानव जिवनमा नर र नारीको उस्तै महत्त्व छ समाजले यसलाई बुझेमा लैङ्गिक विभेद, सबैखाले हिंसा र असमानताहरु समाप्त भएर जानेछन भन्नुभयो ।
कार्यक्रम मा भिमदत्त नपा तथा दोधारा चादनी नपा का विभिन्न वडा बाट निरंकारी मिसनका अनुयायी महिला तथा पुरुषहरुको उल्लेख्य उपस्थित रहेको थियो ।
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल