मंगलवार, चैत्र १०, २०८२
/
चुनावलाई सौहाद्रतामा सम्पन्न गरौं
२०८२ माघ १३
  अगुवा समाचार
     यतिबेला देश संघिय संसदको निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगमा दर्ता भएकाहरुको तर्फबाट र स्वतन्त्र अर्थात दल बिहीन तरीकाले उम्मेद्वारहरु चुनावी मैदानमा होमीसकेका छन् । जनताहरुलाई आ–आफ्नो पक्षमा पार्नकालागी हरप्रयास गरीरहेकाछन् । 
    कोही खेतखेतमा छन् त कोही अस्पतालमा बिरामी भेट्दै सुस्वास्थ्यका कामना गरीरहेकाछन् भने कोही व्यापारीका मर्का हाम्रो पार्टीमार्फत मैले जिते भने अवश्य पुरा गर्नुेछु भन्दै आफ्नो पक्षमा जनताहरुलाई पार्ने कोसीस गरीरहेकाछन् । तर कतीपयठाउँहरुमा भने एक अर्कालाई सतोसराप गर्ने उम्मेद्वारहरुपनि रहेकाछन् । 
    आखीर जेजस्तो गरेतापनि फाल्गुन २१ गते जव निर्वाचन आयोगले शिल लगाएको डिब्बा भित्र आम जनताहरुको मतले स्थान जमाउने छ त्यसपछी भने तिनी खेत खरीयान, अस्पताल र व्यापारीका काउन्टरमा गएर  हात जोडदै जनताको पक्षमा कार्यगर्ने प्रतिवद्धता जनाउनेहरुले केही हदसम्म बिराम गर्नेछन भने चुनावी नतीजा सार्वजनिक भएपछी एक क्षेत्रबाट एकजनाले संसद भवनको एकनासे तापक्रमको मजालीन पुग्नेछन् । 
    यता पराजय भोगेका उम्मेद्वारहरु भने जनताहरुलाई नै सतोसराप गर्दै आफ्नो दिनचर्याामा फर्किनेछन् । चुनावी प्रचार–प्रसारताका भएका बिभिन्न खाले घटीत कार्यहरुले कतीपयको परीवार, समाजमा ठुलै दरार पर्नेपनि त्यतिकै सम्भावना हुने भएकाले सबै दल र उम्मेद्वारहरुले चुनावी मैदानमा संयमितभई भाइचारा र सौहाद्रतापुर्वक प्रचार प्रसार गर्दा अति उत्तम हुनेछ ।
 
टीकाराम जोशी

माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल