शुक्रबार, कार्तिक २, २०८१
/
अब हुनेछ, ह्वाट्सपमा कुरा गर्न सजिलो
३ अक्टुम्बर, आश्विन १७, २०७७
  अगुवा समाचार
       अब ह्वाट्सप प्रयोगकर्ताहरुलाई ह्वाट्सपमा कुरा गर्न सजिलो हुने भएको छ ।
        हामी सबैलाई थाह नै छ, अहिले ह्वाट्सपले सोशल मीडियाको जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । अधिकांश मोबाईल प्रयोगकर्ताहरुको मोबाईलमा ह्वाट्सप डाउनलोड गरेर कुराकानी गर्ने गरेको देखिन्छ ।
        कुनै म्यासेज पठाउनु पर्ने होस वा शुभकामना आदन–प्रदान, मिटिङ, व्यापार–व्यवसाय वा आपसी घरयासीदेखि आफन्तहरुसंग कुरा गर्न अहिले मोबाईल प्रयोगकर्ताहरुले ह्वाट्सपको प्रयोग गरेको पाईन्छ ।
    ह्वाट्सपले चाँडै आफ्नो एण्ड्रोयड बीटा भर्जनमा टेस्टिङको लागि ओलवेज म्यूट, नयाँ स्टोरेज यूजेस यूआई र मीडिया गाइडलाईन सहित अनेकौ फीचर्स रोलआउट गरेको छ । यो फीचर्सको लागि ह्वाट्सप ऐप २.२०.२०१.१० बीटा जारी गरिएको छ । यदि टेस्टिङमा सफल भएको खण्डमा यो चाँडै सबै प्रयोगकर्ताहरुको लागि उपलब्ध हुनेछ ।
    यस नौलो फीचरको माध्यमबाट ह्वाट्सप प्रयोगकर्ताहरुले कुनैपनि च्याट (कुराकानी) लाई सधैको लागि म्यूट गर्न सक्नेछन् । यो नौलो फीचरले ग्रुप र व्यक्तिगत कुराकानी दुबै अवस्थामा काम गर्ने छ । अहिलेसम्म ह्वाट्सप प्रयोगकर्ताले कुनै सम्र्पक कर्तालाई धेरैमा एक वर्षसम्म मात्र म्यूट गर्न सक्थे तर अहिले आएको नयाँ बीटा अपडेटमा प्रयोग कर्ताहरुलाई Always को पनि अप्शन रहेको छ ।
    स्मरण रहोसकि यो नौलो ह्वाट्सप फीचर इंस्टाग्रामको मीडिया गाइडलाइन्स फीचरको जस्तै छ । यस फीचरको सहायताले प्रयोगकर्तालाई अनलाइन गर्नुको साथै इमेज, भीडियो वा GIFs लाई एडिट गर्ने समय टेस्ट पनि गर्न सकिने छ ।
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल