आईतवार, भाद्र २३, २०८१
/
हाम्रो र कुकुरको सम्वन्ध
२० माघ २०७९
  माण्डव्य हेमन्तराज
    हामी सबैले कुकुर पाल्ने गरेका छौं या पाल्ने रहर गर्दछौं । कुकुरलाई मानिसको सबैभन्दा नजदिकको साथी र विस्वास पात्रका रुपमापनि लीनेगरिन्छ । कुकुरले अहिलेको जमानामा सुरक्षा निकायमा समेत काम गरिरहेको पाइन्छ । हाम्रो समाजमा कुकुर धेरै थरी र प्रजातीका पाइने गर्दछन् । आऔं हामी तिनै विस्वासपात्र साथीहरुको बारेमा जान्ने प्रयत्न गरौं ।
    हाम्रो देश नेपालको सन्दर्भमा भन्ने हो भने मुख्य प्रजातिको कुकुरहरूमा जापानिज स्पिज, गोल्डेन रेटिभर, पग, जर्मन सेफर्ड, हस्की, ल्याब्रोडर, डाल्मेशियन, डोबरम्यान, ल्याब्रोडर रेटिभर, बक्सर, लासा एप्सो, ककर स्पायनिल, सेनबर्डनाक, अमेरिकन बुल्ली, पमरियन, बक्सर, भोटे कुकुर, फ्रेन्च बुलडग रहेकाछन् ।
    पारिवारिक माहोल रमाइलो बनाउनकालागी मुख्यतया ल्याब्रोडर रेट्रिभर, कपर स्पाइनल, गोल्डेन रेट्रिभर, पग, जर्मन सेफर्डजस्ता कुकुर पाल्ने गरीन्छ । यिनीहरूको आकार १२–१३ इन्चदेखि बढीमा २५ इन्चसम्मको हुने गर्दछन् । यस्ता पारिवारिक कुकुरलाई एक वर्षसम्म विशेष हेरचाह गर्नुपर्छ र खानामा पनि विशेष ध्यान दिनुका साथै प्रोटिन, क्याल्सियम, मिनरल्स प्रशस्त मात्रामा भएको सन्तुलित खाना
खुवाउनु पर्दछ ।
    एक वर्ष पूरा नभएका कुकुरहरूलाई दिनमा ४ देखि ६ पटकसम्म खाना दिनुपर्छ । तर एक वर्षपछि भने दिनमा दुई पटक मात्र दिए पुग्छ, ब्यालेन्स मिलाएर दिने हो भने दिनमा एक पटक मात्र दिए पनि हुन्छ ।  घरमै बनेको खाना दिन सकिन्छ । यदि खाना बनाउने समय छैन भने बजारमा पाइने विभिन्न प्रकारका डग फुडहरुलाई दिन पनि सकिन्छ ।  खानासँगै सप्लिमेन्ट औषधिहरू पनि खुवाउनु  पर्दछ ।
    घरको सुरक्षाकैलागि कुकुर पाल्ने हो भने सबैभन्दा उपयुक्त भोटे कुकुर पाल्नु राम्रो हुन्छ भने जर्मन सेफर्ड, बक्सर, जापानिज स्विच र डोपोम्यान पनि पाल्न सकिन्छ । यस्तो कुकुरको साइज २५ देखि २७ इन्चको हुन्छ । तौलको कुरा गर्ने हो भने २५ देखि ५० केजीसम्मको हुन्छ । एउटा मान्छेले दैनिक खाना खाएजती खाना यस्ता कुकुरलाई चाहिन्छ भने खानामा बढी प्रोटिन दिनुपर्दछ ।
    सिकारी कुकुरका सवालमा एउटा मान्छेले गरेको सिकारलाई पक्रेर ल्याउने हुन्छ भने अर्को आफैं सिकार गरेर ल्याउने कुकुर हुन्छ । सिकारको लागि ल्याबडर, गोल्डेन रेट्रिभर, कपर स्पाइनल, जर्मन सेफर्डजस्ता कुकुर पाल्नुपर्छ । सानो सानो सिकारको लागि भने हाउन्ड डग पालन सकिन्छ ।
    यस्ता कुकुरहरुलाई एनर्जी लेबल हेरेर खाना दिन सकिन्छ । उसले कति काम गर्छ त्यो अनुसार    प्रोटिन बढी भएको खानाका साथै काँचो मासु दिनपर्ने  हुन्छ । यस्ता कुकुरहरुलाई ब्यालेन्स मिलाएर एक पटक मात्र खाना दिए पनि पुग्छ ।
    हाम्रो देशको पहाडी तथा हिमाली भेगतिर कुकुरहरुले जनावरहरुको रेखदेख गर्नेगर्छन् । त्यहाँ भोटे कुकुरहरुले जनावरहरु हेर्ने गछनर्् । यसकार्यकालागी विदेशतिर जर्मन सेफर्ड, बेल्जियम सेफर्डजस्ता कुकुर पालिन्छ । यस्ता कुकुरको ऊर्जा शक्ति अलि बढी हुन्छ । त्यसैले यस्तो जातको कुकुरलाई पनि प्रोटिन बढी भएको खानेकुरा बढीमात्रामा दिनुपर्दछ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल