बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान सिप र मनोबृर्तीको विकास गर्ने उद्देश्यका साथ Global Money Week अन्तरगत Smart Money Talks भन्ने नारालाई प्रमुखतामा राख्दै एकदिवसिय अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
मातृभूमि लिघुवित्त वित्तीय संस्था लि. अनुगमन कार्यालय बलिया र शाखा कार्यालय सुगरखाल कैलाली को संयुक्त आयोजनामा आज मोहन्याल गाउपालिका वडा नं-६ सोल्टा स्थीत श्री राष्ट्रिय माध्यामिक विद्दयालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्दार्थीहरुलाई वित्तीय साक्षरताको आवश्यकता महत्व र त्यस अन्तरगतका आर्थिक क्रियाकलापहरुको विषयमा जानकारी मुलक अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रम संचालन सुगरखाल शाखाकि शाखा प्रमुख निर्मला कुमारी न्यौपाने र सो कार्यक्रम बारेको प्रस्तुतिकरण अनुगमन प्रमुख मछिन्द्र ब. शाहीले गर्नुभएको थियो ।