आईतवार, भाद्र २३, २०८१
/
लिली फुलले वायु शुद्धीकरण गर्छ
६ चैत्र २०७९
  माण्डव्य हेमन्त
हामीले धेरै प्रजातीका फुलहरु र ग्रिनप्लान्टहरु आफ्नो घरमा लगाएका छौं, देखेका छौं र ति फुल र प्लान्टहरु हाम्रो नजरमा पर्दा मन प्रफुल्लित भएर सान्तिको महसुस हुने गर्दछ । 
त्यति मात्र होइन कैयौ प्रजातिका फुल तथा ग्रिनप्लान्टहरुले वायू सुद्धिकरण समेत गर्दछन भन्ने कुरा विज्ञहरुले वताउने गर्दछन् । 
यसै अन्तर्गत लिलि फुलपनि एक आकर्षक प्लान्ट मात्रै नभई आकर्षक फुलपनि हो । यो विरुवा घरभित्र रोप्न मिल्ने फूल हो भने यसलाई बाहिर आँगनमा लगाउदा पनि राम्रै हुने गर्दछ । लिली फुले वायु शुद्धीकरण समेत गर्ने गर्दछ ।
हेर्दा आकर्षक, छरितो र सधैं हरियो रहने भएकाले पनि यो फूललाई घरभित्र सजाउन उपयुक्त मानिन्छ ।
यसलाई जाडो महिना बाहेक अरु जुनसुकै बेलामा पनि रोप्न सकिन्छ । तर एकदम उपयुक्त समय भनेको वसन्त ऋतु नै हो । यो बिरुवाको वृद्धि छिटो हुने भएकाले त्यसलाई लगभग एक वर्षपछि अर्को गमलामा सार्नुपर्ने हुन्छ । किनभने यो झाँगिने गर्दछ । जाडोयाममा यो फूललाई सार्नु हुँदैन ।
यसको लागि कोकोपिट, माटो र कम्पोस्ट मल मिसाएर त्यसमा रोप्नुपर्छ । सामान्य माटोमा रोप्दा यो बिरुवा राम्रो हुदैन ।
लिली फुल इन्डोर बिरुवा हो, जसलाई घाममा राख्नुपर्दैन । घाममा राखेको खण्डमा पातहरु डढेर जाने गर्छ । यसको लागि लाइट मात्र भए पुग्छ । उज्यालो कोठामा राख्दा राम्रो हुन्छ ।
यसलाई धेरै पानी दिनुहुदैन । गर्मी मौसममा ३–४ दिनमा एकपटक पानी दिए पुग्छ भने जाडो महिनामा १०–१२ दिनमा एकपटक सिंचाई गरे हुन्छ ।
बोटलाई हरियो बनाइराख्न नाइट्रोजन, पोटासियम र फस्फोरस (एनपीके)को मिश्रण जरामा छर्कनुपर्छ । हप्तामा वा १५ दिनको एकचोटि एनपीके हालिदिनुपर्छ । साथै यसमा भएका सुकेका पातहरु निकालिनुपर्छ ।
यसको यति नै समयमा फूल फुल्छ भन्ने समयावधि हुँदैन । यसको स्याहार गर्ने विधिमा भरपर्छ । समान्यतया वर्षमा दुईदेखि तीन पटक फुल्ने गर्छ यो फूल । यो फूल एउटा पात जस्तो सेतो प्रकारको फूल हो ।
यसका ठूल्ठूला पातहरू हुन्छन् । पात १२ देखि ६५ सेन्टिमिटर लामो र ३–२५ सेन्टिमिटर चौडा भएका हुन्छन् । फूलहरू १० देखि ३० सेन्टिमिटर लामो, सेतो, पहेंलो वा हरियो रंगले घेरिएको हुन्छ ।
यो विरुवामा अरु विरुवाको तुलनामा विषादी बढी हुन्छ । त्यही भएर यसलाई छोएपछि हात धोएर मात्र खानुपर्छ भन्ने गरिन्छ । नभए एलर्जी वा अरु कुनै असर गर्न सक्छ । (अगुवा सन्देशबाट)
माण्डव्य हेमन्त

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त 

माण्डव्य हेमन्त

हेमन्त माण्डव्य

साप्ताहिक राषीफल